बेलायतमा कोरोनाबाट बित्ने नेपालीको संख्या ६९

corona

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको संख्या ६९ पुगेको छ ।

नेपाली दुताबास लण्डनले म‌ंगलबार बिहान उपलब्ध गराएको जानकारीअनुसार यसरी मृत्यु हुनेहरुमा गोरखा र उनीहरुका परिवारसित सम्बद्ध ५८ जना रहेका छन् भने बाँकी ११ जना गैर गोरखा परिवारका छन् ।

यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा पुरुषको संख्या ५७ छ भने महिलाको संख्या १२ जना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री