लिब्डेमको नेतामा सर एड डाभे निर्वाचित

लण्डन । बेलायतको लिवरल डेमोक्रयाटिक पार्टीको नेतामा सर एड डाभे निर्वाचित भएका छन् ।

उनले कुल मतको ६३ दशमलव ५ प्रतिशत र उनका प्रतिस्पर्धी लाइला मोरोनले ३६ दशमलव ५ प्रतिशत मत पाएका थिए ।

गत डिसेम्बरको आम निर्वाचनमा  पार्टीका नेता जो स्वीन्सन पराजित भएपछि उनले राजिनामा दिएकी थिइन् । त्यसयता सर डाभे कार्यबाहक नेताको जिम्मेवारीमा थिए ।

पार्टीले नयाँ नेता चयनका लागि १ लाख १७ हजार ९२४ मतपत्र जारी गरेको थियो । जसमध्ये ५७ दशमलव ६ प्रतिशत मतदान भएको थियो ।

सर डाभेले ४२ हजार ७५६ मत र मोरानले २४ हजार ५६४ मत पाएको थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री