मगर संघ रेडिङमा सोब रेगामी

लण्डन । मगर संघ रेडिङ शाखाको अध्यक्षमा सोब रेगामी निर्वाचित भएका छन् ।

जुममार्फत शनिबार सम्पन्न अधिवेसनले सर्वसम्मत रुपमा रेगामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा श्रीमती चन्द्र पुन, सचिवमा तुल पुन, कोषाध्यक्षमा चेत रेगामी, सहसचिवमा गोविन्द अर्मजा र सहकोषाध्यक्षमा प्रकाश गलामी निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा तेज राना, घनश्याम पुन, हेम थापा, नविन थापा, श्रीमती दीपा आले, श्रीमती गीता पुन, हिमकुमारी रास्कोटी, नितु राना, राइता पुन र बट्टु थापा चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई मगर संघ युकेका अध्यक्ष सुनिल राना र महासचिव रुद्र थापाले बधाई दिएका छन् भने रेडिङ शाखाका निवर्तमान अध्यक्ष टीकाजी रानालाई सफलतापूर्वक नेतृत्व हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री