एनआरएनए अभियन्ता सुनार ट्रष्ट मार्फत अनाथ बालबालिकाको रेखदेखमा

सुनार

लण्डन । शेरवहादुर सुनार ठ्याक्कै एक बर्ष अघि गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) अध्यक्षका उम्मेदवार थिए । २२ सेप्टेम्बर एनआरएनए यूकेको निर्वाचनको रस्साकस्सी वीचमा अध्यक्षमा पराजित भए । ‘निर्वाचनमा पराजित भएपछि सुनारले सभ्य समाजमा बसोबास गर्ने मतदाताबाट अल्पसंख्यक तथा दलित समुदायका व्यक्ति एनआरएनएको उच्च पदमा पुग्न करीव-करीव असंभव छ भन्ने थाहा पाए’ ठिक एक बर्षअघिको घटनालाई सम्झदै उनले भने ।

एनआरएनए यूकेमा १० हजार सदस्य बनाउने अभियानको नेतृत्व गरेका तत्कालिन उपाध्यक्ष सुनारले एनआरएनए यूकेको निर्वाचनमा भएको ‘खेलहरु’मा आफूलाई एक्लो पाए । ‘आफ्नै प्रतिनिधिका रुपमा गएका केही व्यक्तिहरुले पनि साथ छाडेपछि म जस्तो दलितको यो बेलायती नेपाली समाजमा काम छैन भन्ने निष्कर्षमा पुगे’ तितो अनुभवलाई उनले वीनेपाली मार्फत बाहिर ल्याए ।

‘निर्वाचनमा खेलिने बिभिन्न ‘छलकपट’का खेलहरुमा एक्लो पाएपछि अब दोहोर्याएर नेपाली समुदायवीचमा कुनै पनि निर्वाचन नआउने अवस्थामा पुगेको छु,’ विरक्त मान्दै उनले भने,  ‘समाज सेवा, चन्दा लिने काममा नेपाली समुदायले दलितलाई बराबर सहभागी बनाए पनि भोट दिने र पद दिने बेलामा छेकबार लगाउँदा रहेछन । त्यो मेरो जीवनका लागि अबिष्मरणिय क्षण बनेर रहने छ । मेरो विरुद्ध निर्वाचनमा भएका बिभिन्न ‘खेल’हरुलाई परास्त गर्न स्वयं असफल भएपनि गरीव, निमुखा र दलित बालबालिकाहरुले यस्ता समस्या भोग्नु नपरोस भनेर २२ सेप्टेम्बरलाई अविष्मरणिय दिन मानेर बालबालिकाका सेवा लाग्ने प्रण गर्दछु ।’ उनले मंगलबारबाटै च्यारिटीको सुरुवात गरेका हुन् । ‘प्रत्येक सेप्टेम्बर २२ लाई एक परोपकारी दिनको रूपमा स्मरण गर्न चाहन्छु,’  उनले भने ।

                   (एनआरएनए यूके निर्वाचनको एक बर्ष)

यो बर्ष करिब २५ लाख संकलन गरि कोष स्थापना गर्ने लक्ष्य राखेको छु । मंगलबार नै पारिबारिक सहयोग पनि उनले प्राप्त गरेका छन ।सुनारलाई श्रीमती, छोरोछोरी, भाइवहिनी र नातेदारबाट ७ लाख सहयोग प्राप्त भैसकेको छ । ‘२२ सेप्टेम्बरको घटनालाई सम्झदै उनले भनेका छन, सेप्टेम्बरको चुनावलाई मैले सामान्य रुपमा लिदै १४ सेप्टेम्बर देखि २२ सेप्टेम्बरसम्मको मतदान र मतगणनाको परिणामलाई स्वीकार गरे।’

“मैले थुप्रै कुराहरु जान्ने, बुझ्ने र व्यक्तिहरु चिन्ने मौका प्राप्त गरेको छु र यो १४ देखि ३० सेप्टेम्बरलाई मैले बिशेष रुपमा लिने निर्णय गर्दै प्रत्येक सेप्टेम्बर महिनामा एउटा परोपकारी कार्य गर्ने उद्देश्य त्यहि समय देखि प्रण गरेको थिए,” सुनारले सामाज सेवाको यात्रालाई निरन्तरता दिने प्रण गर्दै भने, ‘सोही उद्देश्य अनुरुप प्रत्येक सेप्टेम्बर महिनाको १४ देखि ३० तारिक सम्म सो परोपकारी कार्यका लागि ईच्छुक परोपकारी मन हुनु भएका महानुभावहरुबाट आर्थिक सहयोग संकलन गर्ने र सो संकलित रकम मेरो जन्मस्थान लमजुङ जिल्लामा एउटा ट्रष्ट स्थापना गर्ने र सो ट्रष्टको अक्षयकोषमा जम्मा भएको रकमको ब्याजबाट उक्त जिल्लामा रहेका अनाथ, गरीब तथा जेहान्दार विद्यार्थीहरुको शिक्षा तथा उनीहरुको लागि अत्यावश्यक कार्यमा सहयोग गर्ने लक्ष्य लिएको छु ।’

कोष स्थापनार्थ सामाजिक तथा परोपकारी अभियानमा आर्थिक सहयोग गर्न आग्रह गरेका छन ।आगामी दिनमा परोपकारी अभियानमा हातेमालो गर्दै अघि बढन पनि उनले अनुरोध गरेका छन ।आमावुवा गुमाउने सबै जातजातीका बालबालिकाहरुको शिक्षा र पालन पोषणमा उक्त रकम खर्च गरिनेछ । नेपालको जातीय बिभेद बेलायतमा आफैले भोग्नु परेकाले बालबालिकाले यस्तो बिभेद भोग्नु नपरोस भनेर यो अभियान अघि सारेको उनले बताए । ग्रेटर रसमोरदेखि एनआरएनए यूकेसम्मको यात्रामा भोगेका जातीय समस्या नयाँ पुस्ता नजाओस भनेर बालबालिकालाई शिक्षित बनाउन यो अभियान सुरु गरेको उनको भनाई छ । उनी बेलायतमा व्यवसायी तथा पूर्वगोर्खा समेत हुन ।

साथै, बेलायतस्थित नेपाली समुदायलाई कोरोनाको चपेटाबाट बच्न सरकारले जारी गरेको नियमहरु पूर्ण रुपमा पालना आग्रह गर्दै महामारीबाट आफु पनि जोगीऔ र अरुलाई जोगाउन अपिल समेत गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री