एनआरएनए युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन शनिवारका लागि तयार

 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनको तयारी पुरा भएको छ ।
शनिबार बिहान औपचारिक रुपमा उद्घाटन हुने भर्चुअल क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनको तयारी पूरा भएको जानकारी संघका युरोप संयोजक नारायण आचार्यले दिएका हुन ।
विज्ञ सम्मेलनमा ५ वटा सेसनमा कार्यक्रममा हुनेछ । आचार्यका अनुसार कार्यक्रमको उद्धघाटन सत्रमा धेरै वक्ताहरु समेट्न पर्ने वाध्यता वीच छोटो र राम्रो बनाउने प्रयास भएको छ ।
शनिवारको युरोप क्षेत्रीय सम्मेलनलाई पर्यटन मन्त्री योगेश भट्टराई, पूर्वपररास्ट्र मन्त्री डा. प्रकाशशरण महत, पूर्व स्वास्थ्यमन्त्रीद्वय गगन थापा र गंगाधर तुलाधार, संघका पूर्वअध्यक्षहरु लगायतले सम्वोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रबासमा पत्रकारिता र एनआरएनसंगको सम्बन्ध


त्यसैगरि, युरोप उप-संयोजक शुक्रराज न्यौपानेको संयोजकत्वमा गठित मिडिया समितिद्वारा ‘प्रबासमा पत्रकारिता र एनआरएनसंगको सम्बन्ध’ बिषयक मिडिया सेसन आयोजना हुदैछ। उक्त सेसनमा एनआरएनका केन्द्रिय प्रबक्ता डि बी क्षेत्रीले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बीबीसी नेपाली सेवामा काम गरिसक्नु भएका पत्रकार भगीरथ योगी र युरोपस्थित पत्रकारहरुद्वारा कार्यपत्र प्रस्तुत र त्यसमाथि छलफल हुने कार्यक्रम रहेको उक्त सेसनका प्रस्तोता तथा समितिका सदस्य सचिव बिपिन निरौलाले बताए ।
त्यस्तै युरोप उप-संयोजक कृष्ण तिमल्सेनाको संयोजकत्वमा एनआरएनए आइसीसी र अर्का युरोप उप-संयोजक मुक्त गुरुङको संयोजकत्वमा एनआरएन एनसीसी संगको सेसन संचालन हुदैछ।
“मातृभूमिका लागि सीप र ज्ञान, युवा तथा महिलाका लागि हाम्रो अभियान” सम्मेलनको मूल नारा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री