अबदेखि बेलायतमा ६६ वर्ष पुगेपछि मात्र स्टेट पेन्सन पाइने

लण्डन । बेलायत सरकारले स्टेट पेन्सन पाउनका लागि ६६ वर्ष पुगेको हुनुपर्ने गरी नियम परिमार्जन गरेको छ ।

यसअघि ६५ वर्ष पुगेपछि स्टेट पेन्सन पाउने प्रावधान रहेकोमा आजदेखि सो पेन्सन पाउन एक वर्ष उमेर बढाइएको हो ।

नयाँ नियमअनुसार सन् १९५४ अक्टोबर ६ देखि ५ अप्रिल १९६० भित्र जन्मेकाहरुले सरकारले दिने स्टेट पेन्सन पाउन ६६ वर्षसम्म कुर्न पर्ने भएको छ ।

नयाँ नियमअनुसार ६ अप्रिल १९६० पछि जन्मेकाहरुले भने ६७ वर्ष पुगेपछि मात्र स्टेट पेन्सन पाउने छन् ।

बेलायतका अर्थमन्त्री ऋषि सुनकले मुद्रा स्फितिलाई कायम गर्न हरेक वर्ष साढे दुई प्रतिशतका दरले स्टेट पेन्सन वृद्धि गर्ने पिन बताएका छन् ।

नयाँ स्टेट पेन्सन पाउनेहरुले हरेक साता १७५ दशमलव २० पाउण्ड पाउने छन् । पूरा स्टेट पेन्सन पाउन विभिन्न मापदण्डहरु पूरा गर्नपर्छ ।

मानिसहरुको ओैसत आयु वृद्धि भएसँगै स्टेट पेन्सन पाउने उमेर पनि परिवर्तन भएको हो ।

सामान्यत बेलायतको न्याशनल इन्स्योरेन्समा १० वर्ष योगदान गरेकाहरु स्टेट पेन्सन पाउने उमेर पुगेपछि सो पेन्सन पाउन योग्य ठहरिन्छन् ।

बेलायतमा सन् १९४८ देखि स्टेट पेन्सन प्रचलनमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री