डा लक्सम्बा लुम्बिनी बौद्ध विश्वविद्यालयको सिनेटमा मनोनित

DR. Chandra Laxamba

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी बौद्ध विश्वविद्यालयको सभा सदस्यमा डा चन्द्र लक्सम्बालाई मनोनित गर्नुभएको छ ।

सो विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले डा लक्सम्बालाई आगामी तीन वर्षका लागि सो पदमा मनोनयन गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

लामो समय बेलायतमा बसोबास गर्नुभएका डा लक्सम्बा हाल नेपालमा नेपाल खुला विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।

पूर्व गोरखा सैनिक लक्सम्बाले बेलायतको सरे विश्वविद्यालयबाट पीएचडी हासिल गर्नुभएको छ ।

बेलायतमा रहँदा उहाँ शैक्षिक अनुसन्धानका अतिरिक्त सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्थ्यो

उहाँ गैरआवासीय नेपाली स‌ंघ (एनआरएनए) युकेका पूर्व उपाध्यक्ष, ताप्लेजुङ सोसाइटी युकेका पूर्व अध्यक्ष, सेन्टर फर नेपाल स्टडिज युकेका पूर्व कार्यकारी निर्देशक हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री