लकडाउनका कारण बन्द व्यवसायका कर्मचारीलाई सरकारले तलव दिने

बेलायती अर्थमन्त्री ऋषि सुनक

लण्डन । बेलायत सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गरिने लकडाउनका कारण अवरुद्ध हुन पुगेका इङल्याण्डभित्रका व्यवसायका कर्मचारीलाई दुई तिहाई बराबरको तलव दिने भएकाे छ ।

बेलायतका अर्थ मन्त्री ऋषि सुनकले आज सो घोषणा गरेका हुन् ।

नयाँ व्यवस्था नोभेम्बर १ देखि लागू हुने र छ महिनासम्म कायम रहने बताइएको छ । साे समयभन्दा अघि फर्लो योजना नै जारी रहने छ ।

सो प्रावधानमा पर्नका लागि कम्तीमा एकसाता व्यवसाय बन्द भएको हुनपर्ने बताइएको छ । जसअनुसार बढीमा मासिक २ हजार १०० पाउण्डसम्म सरकारले तलव उपलब्ध गराउने छ ।

अर्थमन्त्री सुनकले नयाँ योजना व्यवसाय र कामदारहरुका लागि सुरक्षित अवस्था भएको बताएका छन् ।

यसैगरी सुनकले लकडाउनका कारण बन्द हुन पुगेका व्यवसायहरुलाई मासिक ३ हजार पाउण्डसम्म सहयोग दिने घोषणा गरेका छन् ।

बेलायका अन्य राज्यहरु वेल्स, स्कटल्याण्ड, नर्देन आयरल्याण्डले भने यस्ता प्याकेज आफैं घोषणा गर्ने बताइएको छ ।

बेलायतमा कोरोना भाइरसको संक्रमण फैलँदै गएकाले सरकारले आगामी साता अझ कडा नियमहरु ल्याउने चर्चा चलिरहेकै बेला अर्थ मन्त्रीको यो घोषणा आएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री