इङ्ल्याण्डका कुन क्षेत्र कोरोना संक्रमणको उच्च खतरामा ?

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना संक्रमणलाई नियन्त्रण गर्न आज इङ्ल्याण्डलाई सतर्कताका विभिन्न तीन स्तरमा विभाजन गरेसँगै ती स्तरमा परेका क्षेत्रहरुको नाम सार्वजनिक गरिएको छ ।

अति उच्च स्तरमा परेका क्षेत्रहरुमा लिभरपुल एरिया रहेका छन् । स्काइ न्युजका अनुसार लिभरपुल, नोजली, विराल, सेन्ट हेलेन्स, सेफ्टोन र हाल्टोन अति उच्च स्तरमा परेका छन् ।

यी क्षेत्रमा घरभित्र र बाहिर पनि एक घरको अर्को घरसित भेटघाट हुन निषेध छ भने पब र बारहरु खोल्न मनाही गरिएको छ । रेष्टुराँहरुलाई खुल्न दिइएको छ भने पबहरुले पनि रेष्टुराँका रुपमा सन्चालन हुन पाउने छन् । स्थानीय नेतृत्वले जिम, जुवा घर, क्यासिनो, कपाल काट्ने सैलुन, श्रृङ्गार गर्ने स्थानहरु खोल्ने नखोल्ने निर्णय गर्नेछन् ।

यस्तै पसलहरु, विद्यालयहरु, विश्वविद्यालयहरु खुला रहने छन् । सो क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सझाव दिइएको छ भने सो क्षेत्रबाट बाहिर नजान सुझाव दिइएको छ ।

उच्च सतर्कता स्तर

कोरोना संक्रमणको उच्च स्तर रहेका क्षेत्रहरु यसप्रकार छन्:

चेसायर

चेसायर वेष्ट

चेष्टर

चेसायर इष्ट

ग्रेटर म्यानचेष्टर 

म्यानचेष्टर

बोल्टोन

बरी

स्टकपोर्ट

टेमसाइड

ट्राफोर्ड

विगान

सालफोर्ड

रोचडेल

ओल्डाम

वारिङटन 

डार्बीयायर

हाइ पिक द वार्ड्स अफ टिनट्वीस्टल

पाडफिल्ड

सेन्ट जोन्स

ओल्ड ग्लोसोप

ह्वीटफिल्ड

गेम्सली

होवार्ड टाउन

ह्याडफिल्ड साउथ

ह्याडफिल्ड नर्थ

ल्या‌ंकासायर

ल्यांकासायर

ब्ल्याक पुल

प्रेस्टोन

ब्ल्याकबर्न

बन्ली

वेष्ट योर्कसायर

लिड्स

ब्राडफोर्ड

कर्कलिज

काल्डरडेल

वेकफिल्ड

साउथ योर्कसायर

बार्नस्ली

रोदरहम

डनकास्टर

सेफिल्ड

उत्तर पूर्वी क्षेत्र

न्युकासल

साउथ टाइनीसाइड

नर्थ टाइनीसाइड

गेटस्टिड

सण्डरल्याण्ड

डरहम

नर्थम्बरल्याण्ड

टीज उपत्यका 

मिडल्सब्रो

रेडकार र क्लिभल्याण्ड

स्टकटोन अन टीज

डार्लिङटन

हार्टेपुल

वेष्ट मिडल्याण्डस् 

बर्मीङघम

स्याण्डवेल

सोलीहल

वुल्भरह्याम्पटन

वालसाल

लेष्टर

लेष्टर

ओल्डवी एण्ड वी‌ंगस्टन

नट्टिघन 

नट्टिघमसायर

नट्टिघम सिटी

यस स्तरमा परेका क्षेत्रहरुमा दुईवटा घरका सदस्यहरु घरभित्र भेटघाट हुन निषेध गरिएको छ । तर ६ जनासम्मलाई घरबाहिर भेट्न पाइन्छ ।

यसबाहेकका इङ्ल्याण्डका अन्य सबै क्षेत्रहरु मध्यम स्तरमा परेका छन् । यस स्तरमा १० बजेपछि रेष्टुराँ, पब र बारहरु बन्द गर्नुपर्नेछ । विवाह र अन्तिम सँस्कारबाहेक ६ जनाभन्दा भेला हुने निषेध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री