ब्रिटेन नेपाल प्रज्ञा परिषद्को २० ओैं स्थापना दिवस तथा वार्षिक प्रवचन

लण्डन । ब्रिटेन नेपाल प्रज्ञा परिषद्को २० ओैं स्थापना दिवस तथा वार्षिक प्रवचन विहीबार सम्पन्न भएको छ ।

भर्चुअल रुपमा आयोजित कार्यक्रमको शुरुवातमा परिषद्का अध्यक्ष डा. कृष्णप्रसाद अधिकारीले परिषदका बारेमा जानकारी दिएका थिए तत्पश्चात परिषद्का संस्थापक अध्यक्ष प्रा.डा. सूर्यप्रसाद सुवेदीले परिषद्को स्थापनाका बारेमा मन्तब्य दिएका थिए ।

परिषद्को वार्षिक प्रवचन श्रंखलामा यसवर्ष प्रोफेसर मार्टिन गेन्जलेले ‘सत्यहाङमा सँस्कारहरु: पूर्वी नेपालमा फाल्गुनन्दको पुण्यस्मृति’ शीर्षकमा प्रवचन दिएका थिए । प्रवचनमा प्रोफेसर गेन्जलेले पूर्वी नेपालको पहाडी क्षेत्रका लिम्बु समुदायमा प्रचलित सत्यहाङमा धर्मका धार्मिक, साँस्कृतिक र राजनीतिक पक्षका साथै सो सम्प्रदायका गुरु फाल्गुनन्दका बारेमा जानकारी दिएका थिए ।

प्रोफेसर डेभिड गेल्नरले प्रोफेसर मार्टिन गेन्जलेका व्यक्तित्वका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा परिषदले वार्षिक रुपमा दिँदै आएको विद्यावारिधि शोध पुरस्कार यसवर्ष लियाना चेज र इभान डेस्चेनक्सलाई प्रदान गरिएको थियो । परिषद्की सचिव डा. पुनम यादवले शोध पुरस्कार विजेताहरुका बारेमा जानकारी दिएकी थिइन् भने पुरस्कृतका तर्फबाट लियाना चेजले परिषद्लाई धन्यवाद दिएकी थिइन् ।

परिषद्ले हरेक वर्ष नेपाल अध्ययन दिवस तथा वार्षिक प्रवचन कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री