ब्रेक्जिटपछिको व्यापार वार्ता ‘निकै कठिन’ : प्रधानमन्त्री जोनसन

बोरिस

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपछि ईयूसँगको व्यापार वार्ता तत्कालका लागि ‘निकै कठिन’ भएको छ ।

यसैहप्ता प्रधानमन्त्रीको ब्रसेल्स भ्रमणको पूर्वसन्ध्यामा उहाँले उक्त धारणा राख्नुभएको हो ।

ईयूसँगको व्यापार सम्झौताका लागि भएको लामो वार्तामा सफलताको खोजी गर्न प्रधानमन्त्री जोनसन यस हप्ता ब्रसेल्स भ्रमण गर्दैहुनुहुन्छ ।

“हामी आशावादी हुनुपर्दछ र विश्वास गर्नु पर्दछ कि व्यापार वार्ताले सफलता पाउनुपर्छ ।” प्रधानमन्त्रीले स्काई न्यूजसँगको कुराकानीमा भन्नुभयो ।

उहाँले थप्नुभयो, “सत्य कुरा यो हो कि तत्कालका लागि व्यापार सम्झौता ‘निकै कठिन’ छ ।”

जोनसनले भन्नुभयो, “हामी अर्को दुई दिनमा कहाँ पुग्छौं भनेर हेर्नेछौं, तर मलाई लाग्छ कि बेलायत सरकार राजनीतिक वा अन्य कुनै पनि तहमा छलफललाई अघि बढाउन हुन इच्छुक छ ।”

उहाँले भन्नुभयो, “त्यहाँ त्यहाँ सीमाहरू छन् जसबाट कुनै पनि समझदार, स्वतन्त्र सरकार वा देश बाहिर जानसक्दैन । सबैलेले यसलाई बुझ्नुपर्यो ।”

प्रधानमन्त्री जोनसन बिहीबार ब्रसेल्स जाने सम्भावना रहेको बीबीसीले जनाएको छ ।

ब्रेक्जिटपछिको व्यापार वार्तामा गतिरोध अन्त्य गर्नका लागि जोनसन र युरोपियन आयोगका अध्यक्ष उर्सला भोन डर लेनले ४८ घण्टाभित्र दोस्रो पटक सोमबार पनि टेलिफोन सम्वाद गर्नुभएको थियो ।

यसैबीच यूरोपेली संघ (इयूका) प्रमुख वार्ताकार मिसेल बार्नियरले बेलायतसँगको ब्यापार वार्तामा ईयू एकतावद्ध हुने र कुनै अनावश्यक त्याग गर्न नसकिने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री