सन्तोष शाह बीबीसी मास्टर सेफको उत्कृष्ट ८ मा

लन्डन । बीबीसीबाट मङ्गलबार साँझ (८ डिसेम्बर) प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै नोपली सेफ सन्तोष शाह ८ उत्कृष्टमा पर्न सफल भएका छन् ।

बेलायतमा बसोबास गर्ने सेफ शाह बीबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणमा उत्कृष्ट ८ मा पर्न सफल भएका हुन् । बेलायतमा सेफ पेशामा संलग्न रहेको उक्त प्रतिस्पर्धालाई उनले चुनौतीको रुपमा लिएको थिए ।

लण्डनको प्रख्यात सेफहरु सँग प्रशिक्षणसँगै काम गरिसकेका शाह मास्टर सेफ प्रोफेशनल यूके मार्फत नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने उनको लक्ष्य लिएको बताएका छन् ।

इण्डियन कुइजिनबाट वर्षौंदेखि संगालेको अनुभवका आधारमा नेपाली खानालाई अघि बढाउन प्रयत्नरत छन् शाह प्रतिस्पर्धामा शाहले आफ्नो पाक कला देखाएर देखाएका थिए। सेमी-फाइनलमा सन्तोषले बन तरुल र कट्टरको बिया , स्याऊको चट्नी , प्याजको अचार , काक्रोको बिया बनाएका थिए ।

सो संस्करणमा शाहले पाककला मार्फत आफुलाई प्रतिस्पर्धाको लागि सर्वश्रेष्ठ प्रस्तुत गर्न सफल भएका छन् ।

शाहले पकाएको खाना : बन तरुल र कट्टरको बिया

प्रतिक्रिया

सम्बन्धित सामाग्री