गेसोले जनता समाजवादी पार्टीका अध्यक्ष यादवलाई स्मरण पत्र बुझायो

लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसोले) जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवलाई भेटी स्मरण पत्र बुझाएको छ ।
संघका सभापति कृष्णकुमार राई र उपसभापति जितबहादुर राई लगायतको टोलीले पार्टीको कार्यालय बालकुमारी ललितपुरमा आज अध्यक्ष यादवलाई भेटी गोरखाहरुको माग रहेको स्मरण पत्र हस्तान्तरण गरेको हो ।
स्मरण पत्रमा दुवै देशका सरकारलाई प्राविधिक समितिले तयार पारी बुझाएको १३ बुंदे प्रतिवेदन र भूपू सैनिकहरुको नागरिकता निरन्तरता बारेमा गोरखाहरुको माग समावेश गरिएको छ ।
गेसो टोलीले सरकारलाई बुझाएको १३ बुँदे प्रतिवेदनको सम्बन्धमा जनता समाजवादी पार्टीको तर्फबाट नेपाल सरकारलाई चॉडोभन्दा चॉडो एक उच्च स्तरीय वार्ता समिति गठन गरी बेलायत सरकारसंग वार्ता गर्न ध्यानाकर्षण गरिदिन अनुरोध गरेको थियो । साथै गोरखाहरुको नागरिकताको सवालबारे जनता समाजवादी पार्टीले संसदमा समेत कुरा उठाई रहेकोमा संस्थाको तर्फबाट धन्यबाद दिइएको थियो।
सो अवसरमा यादवले गोरखाहरुको समस्या आफूलाई अवगत भएको बताउँदै आफू र आफ्नो पार्टीले गोरखाहरुको सवालमा निरन्तर बोलिरहेको र भविष्यमा पनि बोलिरहने बताए । नागरिकताका बारे पार्टीले स‌ंसदमा नागरिकता संसोधन प्रस्ताव समेत गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री