ब्रेक्जिटपछि इयुसित व्यापार सम्झौताकाे सम्भावना जीवितै

बर्लिन । यूरोपेली यूनियन (ईयू) बाट बेलायत बहिर्गमन भएपछि गरिने भनिएको व्यापार सम्झौता हुने अझै सम्भावना रहेको जर्मनी तथा आयरल्याण्डका विदेशमन्त्रीले शुक्रबार बताउनुभएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसन र ईयूको उच्च नेतृत्वले व्यापार सम्झौता टारिने वातावरण देखिएको भनी धारणाहरू आइरहेको समय ईयू सदस्य राष्ट्रका ती विदेशमन्त्रीहरूले सम्झौताको सम्भावना रहेको बताउनुभएको हो ।

जर्मनीका विदेशमन्त्री हेइको मासले भन्नुभयो, “सम्झौताका आधारहरू कठिन मोडमा रहेका भएपनि हामीले विश्वास गरेका छौं कि अझै सम्झौताको सम्भावना टरेको छैन ।”

“सम्भावनाको चर खुला रहँदासम्म हामीले आशावादी रहनुपर्छ र वार्तालाई निरन्तरता दिनुपर्छ,” उहाँले आफ्ना जर्मन समकक्षी साइमन कोभेनीसँगको भेटपूर्व बर्लिनमा बताउनुभयो ।

जर्मनीका विदेशमन्त्री कोभेनीले पनि बेलायतसँगको भविष्यको सम्बनध र व्यापार सम्झौता हुन अझै सम्भावना रहेको विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री