बेलायतमा भेटियो नयाँ किसिमको कोरोना भाइरस

corona

लण्डन । बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले बेलायतमा नयाँ किसिमको कोरोना भाइरस भेटिएको बताएका छन् ।

सोमबार बेलायती संसदमा बोल्दै उनले बेलायतको दक्षिण पूर्वी क्षेत्रमा नयाँ किसिमको भाइरस पाइएको जानकारी दिएका छन् ।

नयाँ भाइरसका बारेमा विश्व स्वास्थ्य संगठनलाई जानकारी दिइसकिएकाे उनले बताएका छन् भने हाल दिइरहेको कोरोना भाइरसविरुद्धको खोपले नयाँ किसिमको भाइरसलाई रोकथाम गर्न सक्छ कि सक्दैन भन्ने बारेमा अहिले भन्न नसकिने उनको भनाइ छ ।

सरकारका विशेषज्ञहरुले पनि नयाँ किसिमको भाइरसका बारेमा अनुसन्धान गरिरहेको छन् ।

नयाँ भाइरस द्रुत गतिमा फैलिइरहेको र बेलायतका ६० वटा स्थानीय निकायहरुमा यस बारेमा यस्तो पाइएको उनले जानकारी दिएका छन् ।

नयाँ प्रकारको भाइरस गत साता केन्टमा पाइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री