तमुधिँ युकेको नयाँ कार्यसमितिले लियो कार्यभार

नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ र श्रीमती मन्जु गुरुङ

लन्डन । तमुधिं यूकेको नयाँ कार्यसमितिले आइतबारदेखि कार्यभार सम्हालेको छ ।
जुममार्फत सम्पन्न २० औं साधारणसभा र ११ औं महाधिवेशनका निर्वाचन आयोगका संयोजक एकेन्द्र गुरुङले अध्यक्षमा हितकाजी गुरुङसहित २९ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
साथै उनले नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङ तथा नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराएका थिए । प्रमुख आयुक्त गुरुङ र आयुक्त मेजर कृष्ण गुरुङले निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई खादा लगाई प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा तमु धिंका पूर्व र वर्तमान पदाधिकारी र सदस्य लगायतको सहभागिता थियो ।
हितकाजी गुरुङ यसअघि तमुधिँ युकेका वरिष्ठ उपाध्यक्ष थिए । तमु धिं यूकेका संस्थापकसमेत रहेका नवनिर्वाचित अध्यक्ष गुरुङ विभिन्न‍ सामाजिक संघ संस्थामा पनि आवद्ध छन् ।
नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिलाई निवर्तमान अध्यक्ष नन्दजंग गुरुङले बधाई तथा शुभकामना दिँदै आफ्ना कार्यकालमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिए ।
साथै ‘आदर्श तमु सम्मान २०२०’ द्वारा लेफ्टिनेण्ट रिटायर्ट कुसाङकुमार गुरुङलाई सम्मानित गरियो । निवर्तमान अध्यक्ष नन्दजंग गुरुङ र उहाँकी धर्मपत्नी जगतमाया गुरुङले कुसाङकुमार गुरुङ र उहाँकी श्रीमती पन्च गुरुङलाई दोसल्ला र सम्मानपत्र हस्तान्तरण गरे ।
नयाँ कार्यसमितिमा उपाध्यक्षत्रय हरि गुरुङ, जुमकाजी गुरुङ र तुलाराम गुरुङ, महासचिव परशुराम गुरुङ, सचिव प्रेमबहादुर गुरुङ, कोषाध्यक्ष
कमल गुरुङ, सहकोषाध्यक्ष इमप्रसाद गुरुङ, खेलकुद विभाग प्रमुख क्या देव घले, साँस्कृतिक विभाग प्रमुख साधुराम गुरुङ, मिडिया विभाग प्रमुख
सविन्द्रकुमार गुरुङ, जिन्सी विभाग प्रमुख मानप्रसाद गुरुङ, कल्याणकारी विभाग प्रमुख श्रीप्रसाद गुरुङ, युवा विभाग प्रमुख राजेन्द्र गुरुङ, महिला विभाग प्रमुख मञ्‍जु (सीता) गुरुङ, सदस्यहरुमा दिलमाया गुरुङ, लिडिया गुरुङ, अप्सरा गुरुङ, भोजबहादुर गुरुङ, श्रीप्रसाद गुरुङ, कोलप्रसाद गुरुङ, टंक मार्टिन गुरुङ, अरुण गुरुङ, विमल गुरुङ, मदन गुरुङ, डा. विशाल गुरुङ, सूर्यमान गुरुङ र मोतिप्रसाद गुरुङ रहेका छन्।
नवनिर्वाचित समितिको कार्यकाल दुई वर्षको रहनेछ ।
नयाँ कार्यसमिति चयन गर्नका लागि एकेन्द्र गुरुङको संयोजकत्वमा मेजर रिटायर्ड कृष्णबहादुर गुरुङ र हरिकुमार गुरुङ काजी आयुक्त रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

तमु आदर्श सम्मान पाउनुहुने ले रि कुसाङ गुरुङ र श्रीमती पन्च गुरुङ

प्रतिक्रिया

सम्बन्धित सामाग्री