युरोपियन मुलुकद्वारा बेलायतमाथि यात्रा प्रतिबन्ध


लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमण तीब्र रुपमा फैलिएर ‘नियन्त्रण बाहिर’ गएको भन्दै युरोपियन युनियनका मुलुकले बेलायत यात्रामा प्रतिबन्ध लगाउन थालेका छन्।
बेलायतमा नयाँ किसिमको कोरोना भाइरस तीव्र रूपमा फैलिएपछि आयरल्यान्ड, जर्मनी तथा फ्रान्सले यात्रामा प्रतिबन्ध लगाएका हुन्। त्यस्तै नेदरल्यान्ड र बेल्जियमले पनि बेलायतका उडानमा प्रतिबन्ध लगाएका छन्।

यसैबीच युनियनको आज बस्ने बैठकले अन्य प्रतिबन्धबारे छलफल र समन्वयका बारे निर्णय लिने बीबीसी समाचारमा उल्लेख छ।

बेलायतको दक्षिणी क्षेत्रमा नयाँ किसिमको कोरोना भाइरस देखा परेको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका थिए। यससँगै उनले त्यस क्षेत्रमा प्रतिबन्धका नयाँ नीति सार्वजनिक गरेका थिए। अहिले यो क्षेत्रमा टियर ४ नियम लागु गरिएको छ ।

तर कतिपय विज्ञले भने त्यहाँ फरक किसिमको कोरोना देखा परे पनि त्यो खतरनाक नभएको बताइरहेका छन्। कतिपयले भने पहिलेको कारोना भन्दा ७० प्रतिशत चाँडो फैलिने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री