बेलायतका लागि एक्काइसौं नेपाली राजदूतमा लोकदर्शन रेग्मी नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उहाँलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाउनुभएको छ ।

को हुन् रेग्मी ? 

सन् १९६६ नोभेम्बर १६ मा स्याङजाको वालिङ नगरपालिका वडा नम्बर ७ मा जन्मिएका रेग्मी सन् १९९५ मा गृह मन्त्रालयको शाखा अधिकृत पदबाट निजामति सेवामा प्रवेश गरेका थिए । सन् २००२ मा उनी वन तथा भूसंरक्षण मन्त्रालयको उपसचिव भएका थिए । सन् २००६मा उनी अर्थ मन्त्रालयमा सहसचिव भएका थिए । सन् २०१४ मा उनी भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव भएका थिए । त्यसयता उनी अर्थ सचिव, गृह सचिवको कार्यभार सम्हाल्दै २०१७ देखि मुख्य सचिवका रुपमा कार्यरत थिए ।

रेग्मीले जनप्रसाशन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।

हालसम्म को को राजदुत भए ?

Ambassador Dr. Durga Bahadur Subedi 2016 onwards 20th
Ambassador Dr. Suresh Chandra Chalise 2010- 2014 19th
Ambassador Mr. Murari Raj Sharma 2007- 2009 18th
Ambassador Mr. Prabal S.J.B. Rana 2003-2006 17th
Ambassador Dr. Singha Bahadur Basnyat 1997-2003 16th
Ambassador Mr.Surya Prasad Shrestha 1992-1997 15th
Ambassador Maj.Gen. Bharat Kesher Simha 1988-1992 14th
Ambassador Mr.Ishwari Raj Pandey 1983-1988 13th
Ambassador Mr. Jharendra Narayan Singha 1979-1983 12th
Ambassador General Kiran S.J.B. Rana 1974-1978 11th
Ambassador Colonel Upendra Bahadur Basnyat 1969-1974 10th
Ambassador Mr.Ishwari Raj Mishra 1966-1969 9th
Ambassador Mr. Kali Prasad Upadhaya 1961-1965 8th
Ambassador Professor Ram Prasad Manandhar 1957-1961 7th
Ambassador Mr. Daman S.J.B. Rana 1954-1957 6th
Ambassador General Shankar S.J.B. Rana 1949-1954 5th
Ambassador General Kaiser S.J.B. Rana 1947-1949 4th
Minister General Singha S.J.B. Rana 1939-1947 3rd
Minister General Krishna S.J.B. Rana 1936-1939 2nd
Minister General Bahadur S.J.B. Rana 1934-1936 1st

 

स्रोत : नेपाली दुतावास लण्डन

प्रतिक्रिया

सम्बन्धित सामाग्री