एनआरएनए युकेको अचानक ‘गोप्य बैठक’

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)युके सीमित कार्यसमितिको ‘गोप्य बैठक’ सुरु भएको छ । एनआरएनए युके आर्थिक अनियमितता छानविन समितिको प्रतिवेदन सदस्यहरुका लागि सार्वजनिक गर्न वाँकी रहेकै बेला ‘इमरजेन्सी’ बैठक बोलाउनुलाई अर्थपुर्ण ढंगले हेरिएको छ ।
बैठक वर्तमान अध्यक्ष पुनम गुरुङले बोलाएको बैठकले चार उपाध्यक्षहरु प्रेम गाहामगर, नारायण कंडेल, रामचन्द्र पोखरेल र मोहन कार्कीलाई कारवाही प्रक्रिया अघि बढाउने वा उनीहरुले गर्न लागेको कार्यक्रमका बारेमा केही निर्णय गर्न सक्ने स्रोतले बतायो । उपाध्यक्ष गाहामगरले भोली शनिवार भुतपूर्व गोर्खाहरुको समेटेर बहस कार्यक्रम गर्न लागेका छन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री