एनआरएनए युकेको सदस्यता खुल्यो

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए ) युकेको सदस्यता विहीबारदेखि खुलेको छ ।
यसपटक अनलाइनबाट मात्र सदस्यता लिन मिल्ने एनआरएनए युकेका अध्यक्ष तथा महासचिवद्वारा आज जारी विज्ञप्तिमा प्रष्ट पारिएको छ । तर बेलायतमा सयौँको संख्यामा रहेका कम्प्युटर र अंग्रेजीको ज्ञान र पहुँच नभएका वयोवृद्धहरुलाई कसरी सदस्यता दिने भन्ने बारेमा भने विज्ञप्तिमा केही बताइएको छैन ।
विज्ञप्तिमा डेस्कटप वा ल्यापटपमा members.nrna.org टाईप गरी देशमा UK छानेर सदस्यता फाराम भर्न सकिने बताइएको छ । सदस्यता आवेदन गर्दा परिचयपत्र र ठेगाना खुल्ने कागजात अपलोड गर्न पर्ने बताइएको छ । सदस्यता आवेदन गर्ने मिति १ अप्रिलदेखि १० जुन २०२१ सम्म तोकिएको छ ।
सदस्यता शुल्क १० पाउण्ड तोकिएको छ । सो शुल्क डेभिट वा क्रेडिट कार्डबाट तिर्न सकिने छ । यसरी तिरिएको शुल्क एनआरएनए युकेको  पेपल अकाउण्टमा जम्मा हुने विज्ञप्तिमा उल्लेख छ तर एनआरएनए युकेको आफ्नै बैँक खाता त्यस्तो शुल्क किन जम्मा नगरिएको भने प्रष्ट छैन । एनआरएनए युकेले छिट्टै नै आइफोन र एन्डरोइड फोनहरुबाट पनि सदस्यता आवेदन गर्नसक्ने सुविधा ल्याउँदै गरेको बताएको छ ।
साथै प्रविधि प्रयोगमा देखिन सक्ने कुनै असहजताहरु भएमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री