एनआरएनए युके अध्यक्ष गुरुङलाई सदस्यता प्रमाणिकरण विवाद समाधान गर्न युरोप संयोजकको पत्र

Acharya

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय संयोजक नारायण आचार्यले एनआरएनए युके अध्यक्ष पुनम गुरुङलाई सदस्यता प्रमाणिकरणमा उपाध्यक्षहरुलाई पहुँच दिन निर्देशन दिएका छन ।
एनआरएनए युकेका चार उपाध्यक्षहरु प्रेम गाहामगर, रामचन्द्र पोखरेल, मोहन कार्की र नारायण कंडेलले गत अप्रिल १ तारिखदेखि नयाँ सदस्यता वितरण गर्न शुरु गरिए पनि अध्यक्ष गुरुङले प्रमाणिकरण गर्ने अधिकार सीमित राखेको भन्दै क्षेत्रीय संयोजक आचार्यलाई गुहारेपछि उक्त निर्देशन दिएका हुन ।
आचार्यले लेखेको पत्रमा सदस्यता भेरिफिकेसनको विषयमा संघका केन्द्रिय पदाधिकारीहरुको अप्रिल ११ मा बसेको बैठकले सबै एनसीसीहरुलाई एनसीसीका अध्यक्ष, महासचिव तथा कोषाध्यक्ष लगायत बढीमा ११ जनालाई भेरिफिकेशन गर्न दिने गरी एनसीसीहरुलाई निर्देशन दिने निर्णय गरेको उल्लेख गरेका छन । उनले केन्द्रको निर्णयलाई सम्मान गर्दै एनआरएनए युकेका उपाध्यक्षहरुलाई समेत सम्मिलित गरी भेरिफिकेशन कमिटि गठन गर्नुहुन अनुरोध गरेका छन ।  ‘कमिटि गठनले सदस्यता वितरण ,प्रमाणिकरण लगाएतका बिषयमा आम जनमानसमा विश्वासनीय बातावरण पैदा गर्न सकोस ।एनआरएन युकेमा लामो समय देखि २०१७ -१९ को कार्यकालको आर्थिक बिवरणको बारेमा विबाद उत्पन्न भइरहेको र संघका केहि पदाधिकारीहरुले कानुनी प्रकृयामा समेत गएको भन्ने कुरा सुन्नमा आएकोछ ।’, पत्रमा उल्लेख गरेको उच्च स्रोतले बतायो । गुरुङलाई लेखेको पत्रमा ‘अध्यक्षको जिम्मेवारीका हैसीयतले यहाँले यी बिषयहरु लाई समेत गम्भीरता पुर्बक लिई एनआरएनए युकेका अग्रजहरु, संरक्षक परिषद्का सदस्यहरु सहभागीतामा विवादको सर्वसम्मत समाधानका लागि पहल गर्नु’समेत भनेका छन ।
स्रोतका अनुसार पत्रमा ,’अगामी २०२१-२३ कार्यकालका लागि नयां कार्यसमिति चयन गर्न विधान अनुरुप स्वतन्त्र, तटस्थ र सर्वसम्मत व्यक्तित्वहरु समावेश गरी निर्वाचन कमिटि गठन गर्नु हुनेछ भन्ने विश्वास लिएको छु’, उल्लेख गरिएको छ । संयोजक आचार्यले युके विवाद समाधानमा सहयोग चाहिए आफु तयार रहेको पत्रमा उल्लेख गरेको एनआरएनए युके अध्यक्ष गुरुङ निकट एक पदाधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री