प्रवासी नेपाली एकता मन्च बेलायतद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न


नेपाली राजनीतिको मेरुदण्डको रूपमा स्थापित एमालेको जारी पार्टी शुद्धिकरण र सुदृढीकरणको अभियान अन्तर्गत यस पार्टीको भातृसंगठन प्रवासी नेपाली एकता मन्च बेलायतले आफ्ना मञ्च समर्थक नेता तथा कार्यकर्ताहरूलाई नेपाली कम्युनिस्ट आन्दोलनको बारेमा वैचारिक र सैद्धान्तिक ज्ञानको अभिबृद्धि गर्ने अभिप्रायले जुम मार्फत प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य केसब बडालले प्रमुख अथितीको रूपमा  ‘नेपालको कम्युनिस्ट आन्दोलन र अबको बाटो’ र नेकपा एमालेका केन्द्रिय सदस्य मनोज जंग थापाले बिशेष अथितीको रूपमा ‘माओवादी जनयुद्ध र यसका सकारात्मक तथा नकारात्मक पक्षहरु’  बिषयमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणको क्रममा नेता बडालले समग्रमा नेपाली कम्युनिस्ट आन्दोलनको आरोह अवरोहको बारेमा ब्याख्या गर्दै बिभिन्न कालखण्डहरूमा भएका कमिकमजोरिको बारेमा समेत स्पष्ट पार्ने कोसिस गरे। कम्युनिस्ट पार्टीको स्थापना पश्चात समयअनुकूल सहि नेतृत्वको चयन गर्न नसक्दा केशरजंग रायमाझी जस्ता दक्षिणपन्थी धारको सृजना भई कम्युनिस्ट आन्दोलन क्षति हुन गयो । सन् १९९० को दसकमा सोभियत रूस र पुर्बी युरोपमा बिश्व कम्युनिस्ट आआन्दोलनले भोगेको धक्काबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई जोगाउँन नेकपा मालेको पाँचौ महाधिवेशनबाट महासचिव मदन कुमार भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सिद्दान्तले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ भन्ने उनको धारणा थियो।
उनले नेपाली कम्युनिस्ट आन्दोलनको अबको बाटोको बारेमा ‘समृद्ध नेपाल सुखी नेपालीको’ राष्ट्रिय चाहना पुरा गर्दै समाजवादको लक्ष प्राप्तीको लागी उपलब्ध राष्ट्रिय प्राकृतिक साधन र स्रोतको समुचित उपयोग गर्नु पर्ने तथ्य पनि उजागर गरे।जसको लागी तिन खम्बे अर्थनीति सरकारी, निजी र सहकारी को माध्यमबाट राष्ट्रिय पुंजीको बिकास गरी भुमीहिन जनताहरुलाई भुमी उपलब्ध गराउँनु पर्नेमा जोड दिए।अनुसंधानलाई प्रथामिकतामा राखी बिकास र राष्ट्रिय स्वाधीनतालाई सबल बनाउँनु पर्नेमा उनको जोड थियो।
कार्यक्रमका अर्का बिशिष्ठ अथिती तथा प्रशिक्षक मनोज जंग थापाले बिश्व तथा नेपाली कम्युनिस्ट आन्दोलनमा जनतालाई भनिने सबै कुरा संधै पुरा हुँन नसक्ने भएकाले समय र परिस्थिति अनुरुप यो परिबर्तन हुने तथ्यको उल्लेख गर्दै नेकपा माओवादीको जनयुद्धका सकारात्मक र नकारात्मक पक्षहरुमा स्पष्ट पार्ने कोसिस गरे। माओवादीको राज्यसत्ता नै देशमा बिद्यमान समस्याहरूको मुख्य कारण हो भन्ने ठम्मयाई र त्यसको अन्त्यको लागी जनयुद्धले केही सकारात्मक योगदान गरेको उनको भनाइ थियो ।नेपालका दुर्गम गाउँहरुमा रहेको जातिय बिभेद र अन्यायहरूको समाधानको लागी जनयुद्धले पिडित जनताहरुलाई सुसुचित गरेको थियो ।

झापा आन्दोलनबाट सुरु भएको बिद्रोहको उच्चतम रूपनै माओवादी जनयुद्ध भएको उनको ठहर थियो ।जनयुद्धको क्रममा यससंग बिमति राख्ने जनतासंग प्रतिसोधको भावनामा उत्रँदै जनधनको क्षति पुर्याउँनु जनयुद्धको नकारात्मक पक्ष हो।नेकपा एमालेका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री के पी शर्मा वलीको देश बिकासको चाहाना तथा उहाँले बिभिन्न समयमा देखाएको स्वाधीनता र राष्ट्रप्रेमी भावनाले नेकपा एमालेको पक्षमा ब्यापक जनलहर बढीरहेको छ।
कार्यक्रममा सहभागीहरू लाई मञ्चका महासचिव सुरेश जंग शाहले स्वागत गरेका थिए भने संयोजन मञ्चका वैचारीक अनुसन्धान बिभागका संयोजक बालकृष्ण भुसालले गरेका थिए।उक्त कार्यक्रममा प्रवासी नेपाली एकता मन्चका धेरै देशका नेताहरूको पनि सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता तथा समापन प्रवासी नेपाली एकता मन्च वेलायत तथा अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले गरेका थिए। कार्यक्रमहरुले नेकपा एमालेको प्रभाब बिश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूमा प्रगाढ र सुदृढ हुँदै जाने बिश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री