काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीति दल सम्बन्धी अध्यादेश २०७८ जारी गरेकी छन् । ‘राष्ट्रपतिज्यूले राजनीति दल सम्बन्धी अध्यादेश २०७८ लाई प्रमाणीकरण गर्नुभयो’, राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
योसँगै प्रतिपक्षी दल नेकपा एमालेको असन्तुष्ट माधवकुमार नेपाल समूहलाई नयाँ दल दर्ता गर्न बाटो खुलेको छ ।
उक्त अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलको २० प्रतिशत सदस्यको समर्थनमा नयाँ राजनीतिक दल खोल्न सकिने व्यवस्था गरिएको छ ।