बेलायतले लगायो म्यानमारमा हतियार उपलब्ध गराउनेमाथि प्रतिबन्ध

यांगुन । बेलायत सरकारले म्यानमारको जुन्ता सरकारको प्रमुख व्यापार साझेदार कम्पनी होतु ग्रुप र त्यसका संस्थापक ते जामाथि प्रतिबन्ध लगाएको हो । संस्थापक जाले सेनाको जुन्ता सरकारलाई हतियार उपलब्ध गराउन सम्झौता गरेको बेलायतको आरोप छ ।

म्यानमारका अल्पसंख्यक रोहिन्जा समुदाय दमन गर्न सो समूहले सन् २०१७ मा हतियार उपलब्ध गराएको पनि बेलायतको आरोप छ । सेनाको दमनका कारण लाखौं रोहिन्जाले देश छोडेर बंगलादेश पुगेका थिए । फेब्रुवरीमा सेनाले ‘कू’ गरेपछि बेलायतले म्यानमारका निश्चित व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो ।

अल्पसंख्यकमाथि सेनाको जुन्ता सरकारले गरेको दमन तत्काल रोक्न समेत बेलायतले माग गरेको छ । ‘जुन्ता सरकारले म्यानमारका नागरिकमाथि गरेको दमन रोक्ने कुनै संकेत देखिदैन,’ बेलायतका विदेशमन्त्री डोमिनिक रयाबले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री