कोभिड खोपको दोस्रो डोज लगाएको पाँच महिनामा बुष्टर खोप बुक गर्न सकिने

लण्डन । बेलायतमा कोभिड खोपको दोस्रो डोज लगाएको पाँच महिना पुगेकाहरुले बुष्टर खोपका लागि नाम लेखाउन सक्ने भएका छन् ।

बेलायतको स्वास्थ्य मन्त्री साजिद जाविदका अनुसार सोमबारदेखि यस्तो सेवा शुरु हुने छ ।

यसअघि दोस्रो डोज लगाएको छ महिना भएकाहरुले मात्र बुस्टर खोप बुक गर्न पाउने व्यवस्था थियो । सरकारले बुस्टर खोपलाई तीव्र बनाउन सो प्रावधान ल्याएको बताएको छ ।

५० वर्ष नाघेका, स्वास्थ्य जोखिममा रहेका ५० वर्ष मुनीकाहरु, फ्रन्टलाइन स्वास्थ्य कार्यकर्ताहरुले बुस्टर खोप बुक गर्न सक्नेछन् । तथापि बुस्टर खोप भने दोस्रो खोप लगाएको छ महिनापछि नै दिइनेछ ।

बेलायतमा हालसम्म करिब १ करोड मानिसहरुले बुस्टर खोप लगाइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री