स्वीण्डन नेपाली समाज र पेरिस काउन्सिलरको साथमा पूर्वमन्त्रीले रोपे फूल

लण्डन । नेपाली समाज स्विण्डन र पेरिस काउन्सिलरको संयुक्त आयोजनामा भएको टूलिप फूल रोप्ने कार्यक्रममा बेलायतका पूर्व मन्त्री रोवर्ट बक्ल्याण्ड सहभागी भएका छन् ।
यही शनिबार र आइतबार नेपाली समाज र पेरिस काउन्सिलर सुरेश गट्टपुरले स्थानीय विस्टले क्षेत्रमा टूलिप फूल रोप्ने कार्यक्रम राखेका थिए ।

कार्यक्रममा बेलायतका पूर्व कानून मन्त्री रोबर्ट बक्ल्याण्ड, नेपाली समाज विल्सायरका अध्यक्ष ज्ञानप्रसाद गुरुङ, सल्लाहकारहरु रिटायर्ड क्याप्टेन आइतराम गुरुङ र रनबहादुर गुरुङ, पेरिस भाइस चेअरमेन तथा पेरिस काउन्सिलर सुरेस गट्टपुर, स्थानीय नागरिकहरुलगायत नेपाली महिला दिदीबहिनीको र साना केटाकेटीहरुको पनि सहभागिता रहेको थियो।

दिउँसो २ बजेदेखि ४ बजेसम्म भएको कार्यक्रमका लागि अध्यक्ष ज्ञानप्रसाद गुरुङ आफैँले चिया बिस्कुटको पनि व्यवस्था गरेका थिए । बेलायतकी महारानी एलिजावेथ द्वितियाको प्लाटिनम जुब्ली समारोहको अवसर पारेर सो कार्यक्रम राखिएको हो ।

फूलको बिउ पनि इङ्ग्ल्याण्डको झन्डासँग मिल्ने गरी रातो र सेतो रंगको रोपिएको छ।

समाजले करिब ५ हजार बिउ रोप्ने लक्ष्य राखेको हुनाले अझै केही क्षेत्रहरुमा आगामी शनिबार फूल रोप्ने कार्यक्रम रहेको अध्यक्ष ज्ञानप्रसाद गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री