ओमिक्रोनले जनवरीमा बेलायतमा कोभिडको अर्को लहर ल्याउन सक्ने

लन्डन । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टाभन्दा बढी फैलिएको र त्यसबाट ठूलो मानवीय क्षति हुनसक्ने आँकलन बेलायतका स्वास्थ्य विज्ञहरुले गरेका छन् ।

बेलायतमा पछिल्लो समयमा तीव्र संक्रमण बढेको र यही अवस्था रहेमा आगामी पाँच महिनाभित्र २५देखि ७५ हजार मानिसको मृत्यु हुन सक्ने विश्लेषण लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनका वैज्ञानिकले गरेका छन् । तथापि कोरोना खोप र बुस्टरले मानिसहरुलाई ओमिक्रोनबाट कति बचाउन सक्छ भन्ने पक्षले यस्तो अवस्था निम्तिन नदिन पनि सक्ने उनीहरुको भनाइ छ ।

पछिल्लो २४ घन्टामा बेलायतमा एकै दिन ५८ हजार ५ सय संक्रमित भेटिएका छन् । यो संक्रमण दर यसवर्षको जनवरी पछिकै ठूलो हो । संक्रमितमध्ये कति जनालाई ओमिक्रोन देखिएको छ भन्ने बारेमा केही खुलाइएको छैन् ।

वैज्ञानिकहरुका अनुसार अप्रिलको अन्त्यसम्ममा करिब पाँच लाख बेलायती कोभिडजन्य समस्याका कारण अस्पताल भर्ना हुनुपर्ने हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री