काठमाडौं । नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ ।
काठमाडौंमा सम्पन्न चौधाैँ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित डा. शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो ।
मंसिर २४-२८ मा काठमाडौंमा सम्पन्न महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको थियो ।
कांग्रेसले जारी गरेको सूची अनुसार सभापतिमा पराजित शेखर कोइरालाभन्दा सुनिल थापा अगाडी रहेका छन् ।
थापा वरियताको १९ औं नम्बरमा हुँदा कोइराला २० औं नम्बरमा रहेका छन् ।
थापा २०७७ साउन १३ गते राप्रपाको महामन्त्री छाडेर कांग्रेस प्रवेश गरेका थिए भने कांग्रेसमा उनी सहमहामन्त्री बनेका थिए। यसअघि पदाधिकारीमा रहेकाहरुलाई वरीयतामा माथि राखिएको छ ।
कांग्रेसमा सभापतिले ३३ जना मनोनित गर्न बाँकी नै रहेकाले नयाँ सदस्यहरु थपिएपछि कतिपयको वरियता तलमाथि हुन सक्ने सम्भावना छ ।
कांग्रेसको वरीयतामा सभापति शेरबहादुर देउवापछि उपसभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन् भने उपसभापति धनराज गुरुङ तेस्रो । महामन्त्रीमा गगन थापा विश्वप्रकाश शर्माभन्दा अगाडी छन् । थापा पार्टी वरीयतामा चौंथो नम्बरमा छन् ।
सहमहामन्त्रीको पहिलो नम्बरमा फरमुल्लाह मन्सुर रहेका छन् ।
केन्द्रीय सदस्यको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ रहँदा शशांक कोइराला उनी पछि छन् । उनीहरुको वरियता क्रमश १४ औं र १५औं रहेको छ ।
वरियताको १३५ औं नम्बरमा जीवन राना रहेका छन् ।
वरियताको पूर्ण सूची हेर्न तलको लिङ्कमा क्लीक गर्नुहोस् ।