भाइलाई हराउँदै खिमबहादुर बने एमाले जाजरकोट अध्यक्ष

जाजरकोट । नेकपा एमाले जाजरकोटको अध्यक्षमा खीमबहादुर शाही निर्वाचित भएका छ्न् । मंगलबार गरिएको मत गणनाअनुसार आफ्ना भाइ करवीर शाहीलाई पराजित गर्दै खीमबहादुर निर्वाचित भएका हुन् । खीमबहादुरले कुल ४ सय ३३ मतमध्ये २ सय १७ मत ल्याएर विजयी भए । करवीरले २ सय १० मत प्राप्त गरेका थिए ।  करवीर यसअघि जिल्ला कमिटीको अध्यक्ष थिए ।

यस्तै, उपाध्यक्षमा गोपाल बटाला निर्वाचित भएका छ्न् । उनले २ सय २५ मत प्राप्त गरे। सचिवमा वीरबहादुर गिरी निर्वाचित भएका छन् । नरबहादुर खत्रीलाई पछि पार्दै उनी विजयी भएका हुन् । गिरीले २ सय १५ प्राप्त गरेका थिए भने खत्रीले १ सय ८६ मत प्राप्त गरेका छ्न् ।  यस्तै, उपसचिवमा गोपाल बहादुर नेपाली  र नर बहादुर बस्नेत  निर्वाचित भएका छ्न् । नेपालीले  सबैभन्दा बढी २ सय ५८ मत प्राप्त गरेका छ्न् । बस्नेतले २ सय ४७ मत प्राप्त गरेका छ्न् ।

उपसचिवका उम्मेदवार रामबहादुर शाही र जयाराम न्यौपाने पराजित भएका छ्न् । शाहीले १ सय ५४ मत प्राप्त गरेका थिए भने न्यौपानेले १ सय ४ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री