गोर्खाका विषयमा वार्ताको नेतृत्व गर्न राजदुत आचार्यलाई कार्यभार

Photo: Gokhan Balci / Anadolu Agency

लण्डन । गोरखा भूतपूर्व सैनिकहरुका विभिन्न समस्याहरुका बारेमा बेलायत सरकारसित हुने वार्तामा नेतृत्व गर्न बेलायतका लागि नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई कार्यभार दिइएको बताइएको छ ।

नेपालबाट प्रकाशन हुने नेपाल खबरडटकमका अनुसार परराष्ट्र मन्त्री डा नारायण खड्काले आचार्यलाई सो निर्देशन दिएका हुन् ।

बेलायतसित वार्ताका लागि राजदुत आचार्यको संयोजकत्वमा परराष्ट्र, रक्षा र लन्डनस्थित नेपाली दूतावासका अधिकारी सम्मिलित वार्ता समिति बनाउने मन्त्रालयले तयारी गरिरहेको पनि नेपाल खबरले जनाएको छ ।

गतसाता मात्र नियुक्त भएका राजदुत आचार्यले बेलायतमा कार्यभार सम्हाल्न अघि नेपालमा विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुसित भेटघाट गरिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री