प्रिन्स चार्ल्सलाई दोस्रोपटक कोरोना संक्रमण

लण्डन । संयुक्त अधिराज्यका युवराज चार्ल्स दोस्रोपटक कोरोना संक्रमित भएका छन् ।

उनलाई कोरोना संक्रमण भएको विहीबार बिहान पुष्टि भएको थियो । युवराज चार्ल्सले कोरोना संक्रमित भएको पुष्टि भएको दुई दिनअघि मात्र उनकी आमा बेलायती महारानी एलिजावेथ द्वितीयासित भेट गरेको बताइएको छ तर महारानीलाई भने कोभिडको कुनै लक्षण हालसम्म नदेखिएको राजदरबारले बताएको छ ।

युवराज चार्ल्सलाई पहिलो वेभका बेला सन् २०२० मा पनि कोरोना संक्रमण देखिएको थियो ।

तीनवटै खोप लगाइसकेका उनलाई कोभिडको लक्षण सामान्य देखिएको बताइएको छ तर उहाँकी श्रीमती कमिलालाई भने कोभिड संक्रमण देखिएको छैन ।

बेलायतको कोभिडसम्बन्धी नियमअनुसार अब उनले १० दिन आइसोलेसनमा बस्नुपर्ने छ तर दोस्रोपटक ल्याटरल फ्लो टेष्ट गर्दा नेगेटिभ भएमा त्यसअघि नै उनी बाहिर आउन पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री