राजदूत मोरिसले आत्महत्या गरेको ठहर


लण्डन । नेपालका लागि बेलायतका पूर्व राजदुत रिचर्ड मोरिस सन् २०२० मेको एक बिहान दौड्न निस्केका थिए तर उनी घर फर्केनन् । उनको बृहत खोजी भयो तर उनको महिनौंसम्म अत्तोपत्तो लागेन । क़रीब  तीन महिनापछि फर्नहामको जंगलमा उनको शव फेला पर्यो ।

यस घटनाले धेरैको मनमा जिज्ञासा जगायो । बेलायतको विदेश मन्त्रालयका उच्च पदस्थ अधिकारीको रहस्यमय मृत्यु कसरी भयो ?

मंगलवार बेलायतको विन्चेष्टर कोरोनरले यस प्रश्नको जवाफमा राजदुत मोरिसले आत्महत्या गरेको निस्कर्ष निकालेको छ ।

सिनियर कोरोनर क्रिष्टोफर विल्किन्सनले मोरिसले कामको उच्च तनाव र आफ्नो भविष्यको चिन्ताका कारण आत्महत्या गरेको बताए ।

नेपालबाट फर्केपछि मोरिसलाई कोभिड टास्कफोर्सको काम दिइएको थियो । सो कामलाई कोरोनर विल्किन्सनले एकैसमयमा जहाज़ बनाउनु र उडाउनु भने ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री