राजकुमार चार्ल्सको च्यारिटीमा लण्डन प्रहरीद्वारा छानविन सुरु

लन्डन। बेलायती प्रहरीले एक साउदी व्यापारीसँग सम्बन्धित सम्मानस्वरूप प्राप्त नगद भनिएको मुद्दामा राजकुमार चार्ल्सको परोपकारी संस्थामाथि छानबिन शुरु गरेको बताएको छ ।

यो निर्णय सेप्टेम्बर २०२१ को पत्रको मूल्यांकनपछिको हो ।

यो सम्मानबारे सञ्चारमाध्यममा आएको रिपोर्टमा राजकुमार चार्ल्सको संस्थालाई दिइएको दानको बदलामा एक साउदी नागरिकका लागि सम्मान र नागरिकता प्राप्त गर्न सहायताको प्रस्ताव गरिएको आरोप लगाइएको लण्डन प्रहरीले जनाएको छ ।

आरोपहरूको आन्तरिक जाँचपछि गत वर्ष ‘द प्रिन्स फाउन्डेशन’का प्रमुखले राजीनामा दिएका थिए ।

यस फाउन्डेसनका प्रमुख कार्यकारी माइकल फासेटले सुरुमा एक साउदी नागरिकसँग आफ्नो सम्बन्धबारे अखबारको खुलासापछि आफ्नो जिम्मेवारी निलम्बन गर्न सहमत भएका थिए ।

ती व्यक्ति, व्यापारी महफूज मारे मुबारक बिन महफूजले राजकुमार चार्ल्सलाई उहाँको रोजाइको एक पुनः स्थापना परियोजनाका लागि ठूलो रकम अनुदान दिएको दावी गरिएको छ ।

दशकौंदेखि रानी एलिजाबेथ द्वितीयको उत्तराधिकारीको नजिक रहेका ‘प्रिन्स अफ वेल्स’का भूतपूर्व निजी सहयोगी फाउसेटले महफूजको लागि शाही सम्मान र बेलायती नागरिकतासमेत प्रदान गर्न समन्वय गरेको आरोप लगाइएको छ ।

रिपोर्टअनुसार महफूजले कुनै पनि गलत काम नभएको भन्दै आरोपको खण्डन गरेका थिए ।

राजकुमार चार्ल्सको फाउन्डेसनले बेरोजगार मानिसहरूलाई काममा फर्कन र साना व्यवसायहरू सुरु गर्न मद्दत गर्छ ।

संस्थाले दाबीहरूलाई ‘अत्यन्तै गम्भीरतापूर्वक’ लिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री