सिंगापुरमा ३० वर्ष जंगलको बास 


सिंगापुर । सिंगापुर विश्वकै सुविधा सम्पन्न देश हो । यहाँ चम्किला गगनचुम्बी महल र आलिसान अर्पाटमेन्टहरुको अभाव छैन् । तर, एक जना व्यक्तिलाई भने यसले केही महत्व राख्दैन । ओह गो सेङलाई देख्ने वित्तिकै एउटा कुराले तपाईलाई अचम्म पार्न सक्छ–उनका चम्किला आँखा ।

उनी हल्का लुगा लगाउँछन् र आफ्नो आधा उमेरका धेरै मानिसहरूभन्दा धेरै राम्रो देखिन्छन् ।

यसै महिनाको सुरुमा सेङ जंगलमा बसेको समाचार सिंगापुरमा भाइरल भएको थियो । उनको समाचार सुन्दा देशका प्रायः मानिसले उनले सामना गरेको दुःखमा भावुक बनेका थिए ।

उनलाई अझै बढी सहयोग किन नदिइएको र अझ चासोको कुरा उनी गुमनाम बनेर ३० वर्षसम्म कसरी जीवन व्यतित गरे भन्ने बारेमा धेरैले प्रश्न गरेका छन् ।

क्रिसमस ताका सेङलाई केही अधिकारीहरुले रोकेपछि लाइसेन्स बिना व्यापार गरिरहेको खुलासा भएको थियो । महामारीका कारण बजारमा फूल बिक्री गर्ने काम गुमाएपछि उनी आफैँले उत्पादन गरेको खुर्सानी र हरियो साग सब्जी बेचेका थिए ।

शुन्य दशमवलब ५५ युरोमा ग्राहकसँग विवाद बढेपछि एक असन्तुष्ट ग्राहकले रिपोर्ट गरेको सेङको विश्वास छ । त्यसैबेला एक परोपकारी कार्यकर्ता बाटो हिँड्दै थिइन् । उनले तरकारी जफत गर्ने अधिकारीहरूले सेङसँग कुरा गरिरहेको देखिन् ।

सेङको समर्थनमा भिभियन प्यान नाम गरेकी ती युवती प्रहरीसँग रिसाइन् । ‘त्यो दिन उनी रित्तो हात घर फर्किएको म देख्न चाहन्नथेँ’ उनले अगाडी थपिन्, ‘कानुनको सन्दर्भमा उनीहरुले सडकमा बिक्री गर्न पाउँदैनन् ।’ सो घटनाको भिडियो खिचेर उनले फेसबुकमा पोस्ट गरिन्, जुन केही समयमा नै भाइरल बन्यो । सेङको दुर्दशाले अन्ततः एक स्थानीय सांसदको ध्यान तान्यो ।

सांसद लियाङ सेङ हवाले जोङको कथामा धेरै कुरा लुकेको चाँडै पत्ता लगाए । उनी वास्तवमा ३० वर्षदेखि जंगलमा गुमनाम बसेका रहेछन् ।

यसरी पुगे जंगलमा 
सेङ आफ्ना परिवारसँगै सुनगेइ तेनगाह गाउँ (क्याम्पोङ्ग) मा हुर्किएका थिए । तर, सन् १९८० को दशकमा अग्ला भवन बनाउन ती क्याम्पोङ्ग ढालिएका थिए । अधिकांशलाई सरकारले नयाँ घर दिएको थियो । तर सेङ आफ्नो ठाउँ सुरक्षित गर्न असमर्थ भए ।

उनका भाइले सरकारी फ्ल्याट प्राप्त गरे र सेङलाई त्यही बस्न आग्रह गरे । परिवारलाई बोझ दिन नचाहेको भन्दै अन्ततः उनी त्यहाँबाट बाहिरिए । कुनै बेला आफ्नो पुरानो घर ठडिएको स्थान नजिकको जंगलमा फर्किएर काठ र बाँसले बनाएको एउटा अस्थायी आश्रयमा बस्न थाले ।

आश्रयमा पुग्दा उनले खाना पकाउने खुला आगोको खरानी ढोकासम्म देख्न सक्नु हुन्छ । उनका सामानका थुप्रा आश्रयको मध्यभागसम्म छन् । पालको पछाडीको भागलाई सुत्ने क्षेत्रको रुपमा प्रयोग गरिएको छ ।

पाल नजिकैको बगैचामा उनी खाना पकाउँथे । रुखहरुको बीचमा लुगाहरु झुन्ड्याइएका छन् र  करेसाबारीलाई चोरबाट जोगाउन बार लगाइएको छ । एक्लोपन कहिल्यै समस्या नभएको उनी बताउँछन् । उनी आफ्नो बगैँचाको हेरचाहमा व्यस्त हुन्थे । जंगलमा बस्नुको सबैभन्दा खराब पक्ष मुसा भएको उनको अनुभव छ । उनको आश्रयभित्र पसेर मुसाले लुगामा प्वाल पारिदिन्थे । पाउँदा केही आकस्मिक काम पनि गर्थे ।

श्रीमती र छोरीलाई थाहा छैन
कमाएको केही पैसा छिमेकी इन्डोनेसियाको सानो टापु बाटममा डुंगा तर्न खर्च गर्थे । त्यही जाने क्रममा उनले मेडम टासीसँग भेट भयो । उनको तर्फबाट एउटा छोरी छिन् । सप्ताहन्तमा नियमित बाटम पुगे पनि उनी सिंगापुरको जंगलभित्रको झुपडीमा फर्किन्थे । उनी कसरी बस्छन् भन्ने बारेमा श्रीमती र छोरीलाई पनि थाहा थिएन । कसैले सोध्दा उनी जहिले पनि आफू ‘बगैँचामा बसेको’ बताउँथे ।

कोभिड महामारीपछि उनको यात्रा रोकियो । सिंगापुरले छिमेकी मुलुकसँगको सीमामा कडाइ गरेको थियो । तर पनि उनले परिवारलाई मासिक ५०० देखि ६०० डलर पठाएर सहयोग गर्थे ।

वीवीसीको भावानुवाद

प्रतिक्रिया

सम्बन्धित सामाग्री