मगर संघ युकेको सातौँ महाधिवेसन अप्रिल ९ मा

लण्डन । मगर संघ युकेको सातौँ महाधिवेसन अप्रिल ९ मा हुने भएको छ ।

हरेक तीन वर्षमा हुने महाधिवेसनले संघको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै नीति निर्माण गर्ने गर्दछ ।

संघका अध्यक्ष सुनिल रानाका अनुसार फार्नब्रोस्थित सामुयल कोडी स्पोर्टस सेन्टरमा सातौँ महाधिवेसन आयोजना गरिने छ ।

संघको नयाँ नेतृत्व चयनका लागि चार्टर्ड फाइनान्सियल एडभाइजर मिन दर्लामीको संयोजकत्वमा पाँच सदस्सीय निर्वाचन समिति पनि गठन गरिएको छ । सो समितिमा पूर्व महासचिव बम थापा सूर्यवंशी, केन्ट शाखाका पूर्व अध्यक्ष क्याप्टेन रिटायर्ड रामबहादुर पुन, सल्लाहकारद्वय देवी आले र नरेश खपाङ्गी सदस्य रहेका छन् ।

निर्वाचन समितिले मतदाताको पहिलो नाम प्रकाशन गरिसकेको छ भने मार्च १४ तारिख साँझ ५ बजेसम्म मतदाताको नामावलीमाथि दाबीविरोध र सच्याउने, मार्च १६ तारिख अन्तिम मतदाता नामावली प्रकाशन, मार्च १९ देखि मार्च २१ तारिख साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन, २१ मार्च राति ९ बजे उम्मेदवारीको पहिलो नामावली प्रकाशन, २८ मार्च साँझ ५ बजेसम्म उम्मेदवारीमाथि दाबीविरोध र फिर्ता लिने र ३० मार्च साँझ ५ बजे अन्तिम उम्मेदवारी प्रकाशन गर्ने कार्यक्रम राखेको छ ।

निर्वाचन भएको अवस्थामा अप्रिल ९ तारिख बिहान ११ बजेदेखि ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ ।

महाधिवेसनमा १२ वटा शाखाका साथै संघका ट्रष्टीहरु, आजिवन सदस्यहरुले मतदान गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री