नेपाल इन्जिनियर्स एसोसियन युके सेन्टरद्वारा इन्जिनियरहरुसित ‘मिट एण्ड ग्रिट’

लण्डन । नेपाल इन्जिनियर्स एसोसिएन युके सेन्टरले आफ्ना सदस्यहरु तथा नेपालबाट हालै बेलायत आउनुभएका नयाँ इन्जिनयरहरुसित ‘मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना गरेको छ ।
वोकिङस्थित द जङ्क्सन कफी सपमा शनिबार आयोजित सो कार्यक्रमको अध्यक्षता सेन्टरका अध्यक्ष ई. उदीप राईले गरेका थिए भने प्रमुख अतिथि सेन्टरका संस्थापक अध्यक्ष तथा गैरआवासीय नेपाली संघ युकेका पूर्व कोषाध्यक्ष ई. तेजेन्द्र रोकामगर रहेका थिए ।
इन्जिनियर इन्दु राईले संचालन गरेको सो कार्यक्रममा नेपालबाट नेपाल इन्जिनियर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा डा त्रिरत्न बज्राचार्य र सदस्य ई. सागर श्रेष्ठले भिडियोबाट सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएनकाे इतिहासका बारेमा संस्थापक अध्यक्ष रोकामगरले जानकारी गराएका थिए भने बेलायतमा एसोसिएनको स्थापना र गतिविधिका बारेमा वर्तमान अध्यक्ष राईले प्रष्ट पारेका थिए । रोकामगरले नेपालको म्याग्दीमा बन्दै गरेको दरबाङ हाइड्रोका बारेमा पनि सहभागीहरुलाई जानकारी गराउँदै लगानीको अवसर अझै खुला रहेको बताए । उनले नेपालमा इन्टर्नसीप गर्न चाहने इन्जिनियरहरुलाई सो हाइड्रोमा अवसर दिने पनि जानकारी दिए ।
कार्यक्रममा करिब ७० जना युवा इन्जिनियरहरुको सहभागिता रहेको थियो भने एसोसिएनका सदस्यहरुलाई एसोसिएसनको ब्याच पनि वितरण गरिएको थियो ।
संघका अध्यक्ष राईले सेन्टरलाई बेलायतमा कार्यरत इन्जिनियरहरुको परिवारका रुपमा विकास गर्ने, नेपाल तथा बेलायतमा इन्जिनियरिङ पेशामा प्रवेश गर्न तथा पेशागत क्षमता वृद्धिका लागि अनुभव आदानप्रदान र समन्वयकारी कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिए ।
नेपालमा करिब ७० हजार सदस्य रहेको नेपाल इन्जिनियर्स एसोसिएसनको युके शाखाको रुपमा सन् २०१७ मा स्थापित युके सेन्टरमा छोटो समयमै करिब १५० सदस्य बनिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री