एनआरएनए युकेद्वारा युक्रेन द्वन्द्वमा परेका नेपालीलाई सहयोग

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले युक्रेन संकटबाट विस्थापित भएका नेपालीहरुलाई करिब साढे सात लाख रुपियाँ बराबरको सहयोग गरेको छ ।

एनआरएनए युकेका सचिव तथा सो अभियानका संयोजक ज्ञानेन्द्र आलेका अनुसार संकलित सहयोगमध्ये ३ हजार पाउण्ड एनआरएनए स्कटल्याण्ड राज्यसमितिका अध्यक्ष काशीराम भण्डारीले पोल्याण्ड गई हस्तान्तरण गरेका थिए भने बाँकी १ हजार ६१० पाउण्ड एनआरएनए पोल्याण्डलाई बैँकमार्फत हस्तान्तरण गरिएको थियो ।

एनआरएनए युकेको मार्च २ मा बसेको सचिवालय बैठकले युक्रेनको द्वन्द्वबाट पीडित नेपालीहरुका लागि सहयोग उठाउने निर्णय गरेको थियो ।

यस अभियानमा सहयोग गर्नुहुने बेलायतबासी नेपालीहरु तथा एनआरएनए यूकेको राज्य समन्वय परिषदहरु इङग्ल्याण्ड, स्कट्ल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्सप्रति संयोजक आलेले धन्यवाद ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री