लकडाउनको नियम तोडेकोमा बेलायती प्रधानमन्त्री र अर्थ मन्त्रीलाई जरिवाना

लण्डन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न बेलायतमा लकडाउन लगाइएको बेलामा बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा पार्टी गरी नियम उल्लंघन गरेकोमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अर्थ मन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ ।

सो घटनाको अनुसन्धान गरिरहेको लण्डनको महानगरीय प्रहरीले जोन्सन र सुनकलाई जरिवानाको पत्र पठाएको बेलायती प्रधानमन्त्री कार्यालयका प्रवक्ताले प्रष्ट गरेका छन् ।

उनीहरुलाई कुन घटनामा दोषी पाइएको हो भन्ने खुलिसकेको छैन । प्रहरीले करिब एक दर्जन पार्टीहरुको बारेमा अनुसन्धान गरिरहेको छ ।

बेलायतका विपक्षी राजनीतिक दलहरुले भने प्रधानमन्त्री र अर्थमन्त्रीले राजिनामा दिनु पर्ने माग गरेका छन् । प्रमुख प्रतिपक्षी लेबोर पार्टीका नेता सर किअर स्टामर र लिबरल डेमोक्रयाटिक पार्टीका नेता सर एड डाभेले दुवै जनाले बेलायती जनतालाई ढाँटेकाले राजिनामा दिनुपर्ने बताएका छन् ।

लण्डन प्रहरीले हालसम्म बेलायती प्रधानमन्त्री कार्यालयमा लकडाउनको नियम तोड्ने ५० जनाभन्दा बढीलाई जरिवाना पत्र पठाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री