रुसद्वारा हल्याण्ड र बेल्जियमका ३६ कुटनीतिज्ञलाई देशनिकाला

Putin russia

किभ । रुसले युरोपेली युनियनमा आबद्ध दुई राष्ट्रका ३६ कूटनीतिज्ञहरूलाई देश निकाला गरेको छ । युक्रेनमाथि रुसी हमलाको विरोधमा पश्चिमा देशहरूले रुसमाथि विभिन्न प्रतिबन्ध लगाइरहेका बेला मस्कोले पछिल्लो कदम चालेको हो ।
रुसी विदेश मन्त्रालयले २१ बेल्जियम र १५ हल्यान्ड्सका कूटनीतिज्ञहरूलाई ‘पर्सना नन ग्रेटा’ जारी गरेको छ । उनीहरूलाई देश छाड्न दुई साताको समय दिइएको छ ।
मस्कोले लक्जमवर्गका राजदूतलाई बोलाएर आफ्ना राजदूतलाई देश निकाला गरेको विषयमा विरोध जनाएको गरेको छ । त्यसको बदलामा लक्जमवर्गका राजदूतलाई देश निकालाको निर्णय गर्न सक्ने रुसले चेतावनी दिएको छ ।
युक्रेनमाथि रुसी हमलाको आलोचना भइरहेका बेला यो महिना रुस र ईयूका केही राष्ट्रले एक अर्का देशका राजदूतलाई निकाला गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री