बेलायतले युक्रेनलाई १.६ बिलियन अमेरिकी डलर सैन्य सहायता दिने

लन्डन । बेलायतले युक्रेनलाई रसियासित लड्नका लागि थप १.६ बिलियन अमेरिकी डलर बराबरको सैन्य सहयोग गर्ने भएको छ ।
बेलायती अर्थमन्त्री ऋषि सुनकले कीयभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर)को अतिरिक्त सैन्य सहयोग कोष प्रदान गर्न लागेको जानकारी दिनुभएको द सन्डे टाइम्सले उल्लेख गरेको छ ।
यो रकम ट्रेजरीको आपतकालिन कोषबाट लिइनेछ र युक्रेनलाई बेलायतको विद्यमान १.५ बिलियन पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिने जनाइएको छ ।
बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री लिज ट्रसको दबाबपछि सुनकले थप सहायताको पुष्टि गरेको द सन्डे टाइम्सले जनाएको छ ।
युक्रेनको डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर) ले युक्रेनी उत्तेजनाविरुद्ध आफ्नो रक्षा गर्न मद्दतको लागि अपील गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमा आफ्नो विशेष सैन्य अपरेशन शुरु गरेको हो । रुसले आफ्नो विशेष अपरेशनको उद्देश्य युक्रेनलाई निशस्त्रीकरण गर्नु रहेको बताएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार रुसको डोनबासका जनतालाई जोगाउने लक्ष्य रहेको छ । उनीहरु आठ वर्षदेखि कीयभ शासनद्वारा दुब्र्यवहार र नरसंहारको शिकार भएको उनले आरोप लगाएका छन् । रुसको कारवाहीको जवाफमा पश्चिमी देशहरूले मस्को विरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् र युक्रेनलाई हतियार आपूर्ति गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री