युक्रेनी शरणार्थी शिविरमा प्रिन्स चार्ल्सको आकस्मिक भ्रमण

बुडापेस्ट । बेलायतका राजकुमार चार्ल्सले रोमानियाको बुखारेस्टस्थित युक्रेनी शरणार्थी शिविरको भ्रमण गरेर रोमानिया सरकार र स्वयंसेवकहरूले त्यहाँ गरिरहेको सहायता प्रयासबारे जानकारी लिनुभएको छ ।
एकजना दोभाषेमार्फत युक्रेनीहरूको समूहसँग कुरा गर्दै उहाँले आफ्नो भाषा सीपको अक्षमताका निम्ति क्षमा याचना गर्दै कठिन परिस्थितिमा उनीहरूले देखाएको असाधारण साहस, धैर्य र सहनशीलताको प्रशंसा गर्नुभयो । युक्रेनी बच्चाहरूले उहाँलाई परम्परागत युक्रेनी ढाँचामा चित्रित काठको चम्चा उपहारस्वरुप प्रदान गरेका थिए ।
रुस–युक्रेन युद्ध शुरु भएयता १० लाख युक्रेनी शरणार्थीका रुपमा रोमानिया पुगेका छन् । शरणार्थीहरूमा प्रायः महिला र बालबालिका छन् । राजकुमार चार्ल्सका साथ रेडक्रसका अधिकारी, मुक्ति सेना र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायका प्रतिनिधि बुखारेस्ट नगरका प्रमुखलगायत उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री