जोन्सन र जेलिन्स्की बीच फोनवार्ता

कियभ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी बीच फोनमा कुराकानी भएको छ ।
शनिबार उहाँहरुले खासगरी युक्रेनको पछिल्लो अवस्था र यहाँका लागि आवश्यक रहेको प्रतिरक्षा सहयोगका बारेमा कुराकानी गरेको बताइएको छ । सोको जानकारी युक्रेनका राष्ट्रपति जेलिन्स्कीले दिनुभएको छ ।
युक्रेनका राष्ट्रपति जोलिन्स्किीले सामाजिक सञ्जालमा लेख्नुभएको छ– हामीले युक्रेनका लागि आवश्यक प्रतिरक्षा सहयोगका बारेमा कुराकानी गर्यौँ र यो सहयोगलाई थप प्रबर्धन गर्ने बारेमा समझ्दारी भएको छ । त्यस अवसरमा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले संकटका बेलामा युक्रेनका लागि आवश्यक इन्धन आपूर्तिका विषयमा पनि कुराकानी भएको थियो ।
यसअघि यसै महिनाको सुरुआतमा बेलायती प्रधानमन्त्री जोन्सनले युक्रेनका लागि १ अर्ब ६४ करोड अमेरिकी डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री