डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको दोश्रो अधिवेशन 

लण्डन । डायमण्ड बुद्धिष्ट सेन्टरको दोस्रो अधिवेसन सम्पन्न भएको छ ।
सेन्टरका संस्थापक अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षतामा विलेनहाल, वुलविचस्थित आफ्नै गुम्बामा आइतबार सो अधिवेसन भएको थियो छ ।
संस्थाका मुल गुरु खेन्पो शिरलामा (थुप्तेन येशे) गुरुङको अष्टमंगल प्रार्थनासहित द्वीप प्रज्वलन गरी दोश्रो अधिवेशन शुभारम्भ भएको थियो ।
अधिवेसनले सर्वसम्मतरुपमा योगेश गुरुङको नेतृत्वमा १५ सदस्यीय दोश्रो कार्यकारी समितिको गठन गरेको छ । संस्थाका संस्थापक अध्यक्ष सुमलकुमार गुरुङलाई अधिवेशनले गुम्बा निर्माण कार्यमा उनको विशेष योगदानलाई कदर गर्दै संस्थाका अभिभावक वा संरक्षकको रुपमा चयन गरेको छ ।
अधिवेशनमा पाँच दर्जनजति संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो । यस अधिवेशनलाई महासचिव योगेश गुरुङले सन्चालन गरेका थिए भने समाजकी उपाध्यक्ष मिना गुरुङले आफ्नो सारगर्भित सम्बोधनमा भावुक हुँदै अधिवेशनमा उपस्थित सबैलाई स्वागत गरेकी थिइन् ।
यस पछि संस्थाका प्रमुख सल्लाहकार राम गुरुङले आफ्नो शुभकामना सम्बोधन संस्थाको हितको बारेमा एकजुट भएर अघि बढ्न सुझाव दिएका थिए । अन्य मन्तव्य प्रकट गर्नेहरुमा क्रमश आरजिएनएस यूकेका पूर्व अध्यक्ष हरिगोविन्द गुरुङ , फेदिखोला समाज यूकेका अध्यक्ष हरि गुरुङ, अध्यक्ष पन्चासे समाज यूकेका
अध्यक्ष शिवराम गुरुङ (बिईएम), जिगेसाका पूर्व अध्यक्ष ओम प्रसाद गुरुङ, तमु ट्हो ह्यूल हङकङका पूर्व अध्यक्ष क्या रि कमल गुरुङ । सभाध्यक्ष सुमलकुमार गुरुङले गला अवरुद्ध गर्दै अधिवेशनलाई डिबिसी यूकेको हिजो र आजसम्मको विस्तृत जानकारी पावर प्वाईन्टको माध्यमबाट प्रस्तुत गरेका थिए । महासचिव योगेश गुरुङ र कोषाध्यक्ष सुर्जा गुरुङ दुवैले प्रस्तुत गरेका प्रतिवेदनहरुलाई अधिवेशनले अनुमोदन गरेको थियो ।
संस्थाका सबै सदस्यहरु क्रियाशील भएर बौद्धधर्म अभ्यासका लागि लन्डनमा पहिलो ऐतिहासिक गुम्बा खरिद गरी १६ मई २२ को दिनमा उद्घाटन गर्ने प्रसङ्गहरु व्यक्त गरिरहँदा भावविह्वल भएर सबैका आँसु रसाएका थिए । यो एउटा गौरवको क्षण थियो ।
यसै दौरान दानकर्ता श्रद्धालुहरुबाट संस्थालाई दानहरु पनि बोलेका थिए । सबै प्रतिवेदनहरु अनुमोदन भएपछि सभाध्यक्षले सबैलाई धन्यवाद ज्ञापन गरी पहिलो कार्यकारी समितिलाई विघटन भएको घोषणा गरे र तीन सदस्यीय निर्वाचन समिति गठन गरे । जसमा हरि गुरुङ निर्वाचन आयुक्त, राम गुरुङ र श्याम शेरचन सदस्य रहेका थिए । ४० मिनेटको बन्दसत्र राखिएको थियो र त्यसपछि बडो शालिनताका साथ सर्वसम्मतमा योगेश गुरुङको अध्यक्षतामा दोश्रो कार्यकारी समितिको गठन भयो । जसमा अध्यक्ष योगेश गुरुङ, उपाध्यक्षद्वय चन्द्रप्रसाद गुरुङ (वरिष्ठ) र शर्मिला हिराचन, महासचिव हेम प्रसाद छन्त्याल, कोषाध्यक्ष रत्ना गुरुङ निर्वाचित भएका छन् । सहकोषाध्यक्ष र सहसचिवको हकमा विशेष बैठकको आयोजना गरेर पदपूर्ति गर्ने निर्णय अधिवेशनले गरेको छ ।
निर्वाचन आयुक्त हरि गुरुङले नवनिर्वाचित दोश्रो कार्यकारी समितिलाई शपथ ग्रहण गराई खादासहित सम्मान गरका थिए । निवर्तमान अध्यक्ष सुमलकुमार गुरुङलाई पनि संरक्षक बनेको उपलक्ष्यमा खादा, पुष्पगुच्छा दिएर विदाई गरेको थियो । नव निर्वाचित अध्यक्ष तथा संस्थापक अध्यक्षले सबैलाई धन्यवाद ज्ञापन गरेपश्चात निर्वाचन मण्डलले अधिवेशन समापनको घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री