गोरखा सैनिकबारे वार्ता गर्न बेलायतले बनायो वार्ता समिति

मन्त्री लियो डोकोर्टी र राजदुत ज्ञानचन्द्र आचार्य

लण्डन । गोरखा सैनिकहरुका समस्याका बारेमा वार्ता गर्न बेलायतले वार्ता समिति बनाएको छ ।

बेलायतमा भेटेरान मन्त्री लियो डोकोर्टीको संयोजकत्वमा बेलायतले वार्ता टोली गठन गरेको जानकारी बेलायतस्थित नेपाली दुताबासलाई प्राप्त भएको दुताबासका प्रवक्ता श्रीमती रोशन खनालले जानकारी दिनुभयो ।

यसअघि नेपाल सरकारले बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको संयोजकत्वमा वार्ता समिति गठन गरिसकेको छ । यस्तै वार्तामा सहभागी हुनका लागि गोरखा भूतपूर्व सैनिकहरुका तर्फबाट मेजर जुदबहादुर गुरुङलाई सर्वसम्मतिले चयन गरिएको छ ।

वार्ता कहिले हुन्छ भन्ने बारेमा भने जुनको तेस्रो साता हुने दुवै वार्ता टोलीका संयोजकहरुको तयारी बैठकले मात्र निधो गर्ने बताइएको छ । सो बैठकले वार्ताको मिति र विधि तय गर्ने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री