लण्डनको सडकमा पत्रिका बेच्दै राजकुमार विलियम

फोटो डेली मेल

लण्डन । बेलायतका राजकुमार विलियमले घरबारविहीनहरुको सहयोगका लागि लण्डनको सडकमा पत्रिका बेच्दै गरेको पाइएको छ ।
मध्य लण्डनको वेष्टमिनिष्टरको रोचेष्टर रोमा राजकुमार विलियम्सले बुधबार बिग इस्यु नाम गरेको म्यागेजिन बेचिरहेको सर्वसाधारणले भेट्टाएका छन् ।
उनलाई चिनेर केहीले उनीसित फोटो पनि खिचेका छन् र ती फोटोहरु अहिले बेलायतका मिडियाहरुमा छाइरहेका छन् ।
उनले बिग इस्यु बिक्रेताले लगाउने रातो हाफ ज्याकेट, रातो बेसबल क्याप र जिन्स लगाएका छन् ।
बिग इस्यु घरबारबिहीन, लामो समय जागिर नपाएकाहरुको सहयोगका लागि प्रकाशन गर्ने गरिन्छ । उनीहरुले ३ प्रति सो पत्रिका शुरुमा निशुल्क पाउँछन् र बजारमा प्रति म्यागेजिन ३ पाउण्डको दरले बेच्नेछन् । यसरी कमाएको पैसा पत्रिकालाई बुझाउनु पर्ने छैन तर ३ प्रतिभन्दा बढी पत्रिका चाहिएमा प्रतिगोटा १ पाउण्ड ५० पेन्स पत्रिकालाई तिर्न पर्ने छ ।
बेलायती महारानीको प्लाटिनम जुब्ली लगत्तै राजकुमार विलियम्सको यस सामाजिक कार्यलाई उदाहरणका रुपमा लिइएको छ । तथापि उनको कार्यालयले यसबारेमा कुनै पुष्टि गरिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री