नेपालबाट बेलायतमा नर्स ल्याउन श्रम सम्झौता स्वीकृत

फाइल फोटो

लण्डन । नेपाल सरकारले बेलायतसितको श्रम सम्झौता स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सूचना तथा सन्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेलायतसितको श्रम सम्झौता स्वीकृत गरेको जानकारी दिनुभयो । मन्त्रीपरिषदको जेठ ३१ बसेको बैठकले सो निर्णय गरेको हो

यससँगै नेपालबाट नर्सहरुलाई बेलायतमा कामका लागि सरकारी तहबाटै अवसर खुल्नेछ ।

अब नेपाल तथा बेलायतका श्रम मन्त्रालयबीच सहमति हुने र त्यसपछि नेपालबाट बेलायतमा नर्स ल्याउने मार्ग प्रशस्त हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री