ऋषि सुनकलाई १०० भन्दा बढी सांसदको साथ

तेस्रो चरणमा प्रवेश गरेका पाँच आकांक्षीहरु । तस्वीर घेट्टी इमेजेज

लण्डन । बेलायतको सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेताका लागि भइरहेको चुनावको दोस्रो चरणमा पूर्व अर्थ मन्त्री ऋषि सुनकले १०० भन्दा बढी सांसदको समर्थन पाएका छन् ।
उनले पहिलो चरणको निर्वाचनमा पनि प्रतिस्पर्धीहरुबीच अग्रता लिएका थिए । जो दोस्रो चरणमा पनि १०१ मतका साथ उनको अग्रता कायमै छ ।
विहीबार भएको दोस्रो चरणको निर्वाचनमा पेन्नी मोर्डन्टले ८३ मत, लिज ट्रसले ६४ मत, केमी बाडोनाचले ४९ मत र टोम टुगानढाटले ३२ मत पाएका छन् । २७ मत पाएकी सुयला ब्रेभरम्यान भने प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । उनले लिज ट्रसलाई समर्थन गर्ने बताएकी छिन् ।
अब पाँच उम्मेदवारहरुबीच तेस्रो चरणको मतदान सोमबार, छैटौँ चरणको मंगलबार र अन्तिम मतदान बुधबार हुने छ । तत्पश्चात बाँकी रहेका दुई उम्मेदवारहरुलाई कञ्जरभेटिभ पार्टीका मतदाताहरुले देशैभरिबाट भोट दिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री