बेलायतमा गर्मीको आतङ्क

BOURNEMOUTH, ENGLAND – JUNE 17: Crowds are seen enjoying the hot weather on the beach, on June 17, 2022 in Bournemouth, England. Hot air originating in North Africa and travelling up through Spain brings temperatures of up to 34c to the UK in the coming days. (Photo by Finnbarr Webster/Getty Images)

लण्डन । प्राय चिसो ठाउँ भनेर चिनिएको बेलायतमा अत्यधिक गर्मीका कारण जनजीवनमा आतङ्क नै मच्चिएको छ ।
बेलायतको मौसम कार्यालयले सोमबार र मंगलबार सबैभन्दा धेरै गर्मी हुने अनुमान गरेको छ भने यहाँ गर्मीका कारण संकट पनि घोषणा गरिएको छ । सोमबार र मंगलबार यहाँको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने बताइएको छ ।
यसअघि सन् २०१९ मा बेलायतमा तापक्रम ३८ डिग्रीसम्म पुगेको थियो ।
स्वास्थ्य मन्त्री स्टिभन बार्कलेले अत्यधिक गर्मीका कारण सर्वसाधारणमा पर्नसक्ने स्वास्थ्य संकटलाई ध्यानमा राखी फोन उठाउन अतिरिक्त मानिसहरु राखिएको बताएका छन् । उनले सर्वसाधारणलाई शीतलमा बस्न, पानी पिउन अपील गरेका छन् ।
यसका साथै अस्पतालहरुमा बेडहरु खाली राखिएको र एम्बुलेन्सहरुलाई तम्तयारी अवस्थामा राखिएको उनले बताएका छन् ।
बेलायत सरकारले गर्मीका कारण आउनसक्ने संकटलाई समाधान गर्न आजै मन्त्रिपरिषद्को उच्चस्तरीय बैठक पनि बसेको छ । यद्यपि सो बैठकको अध्यक्षता प्रधानमन्त्रीले गरेनन् ।
बेलायतमा वर्षेनी १ हजार ६०० मानिस गर्मीका कारण मर्ने गरेका छन् ।
बेलायतको करिब ८० प्रतिशत क्षेत्रमा सोमबार र मंगलबार ४० डिग्रीभन्दा बढी तापक्रम पुग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री