को बन्लान् कन्जरभेटिभ पार्टीका अन्तिम दुई प्रतिस्पर्धी ?

मोर्डन्ट, सुनक र ट्रस

लण्डन । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीभित्रको नयाँ नेताका लागि आन्तरिक प्रतिस्पर्धा अन्तिम चरणमा पुग्न लाग्दा अन्तिम दुई उम्मेदवार को हुने भन्ने प्रतिस्पर्धा रोचक बन्दै गएको छ ।

मंगलबार भएको चौथो चरणको चुनावमा समानतासम्बन्धी मन्त्री केमी बाडोनाक (५९ मतसहित) बाहिरिएकी छिन् भने हिजो प्रतिस्पर्धाबाट बाहिरिएका टोम टुगनढाटका समर्थकहरुको मत सबै उम्मेदवारहरुलाई बाँडिएको छ ।

ऋषि सुनकले हिजोको पाएको मतमा तीन मत थपेका छन् भने पेन्नी मोर्डन्टले १० मत थपेकी छिन् । पेन्नीलाई विदेश मन्त्री लिज ट्रसले पछ्याउँदै छिन् । उनले ८६ मत पाएकी छिन् । उनले १५ थपेर पेन्नीलाई कडा चुनौती दिएकी छिन् ।

अब पेन्नी र ट्रसबीच आज प्रतिस्पर्धाबाट बाहिरिएकी बाडोनाक समर्थकको मत कसले बढी हात पार्ने भन्ने बारेमा होडबाजी चल्नेछ । उनीहरु दुई जनामध्ये जसले बढी मत पाउँछ उही ऋषि सुनकसित अन्तिम प्रतिस्पर्धामा उत्रिनेछन् ।

भोलि दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम मतदानका लागि समय तोकिएको छ । ४ बजे मतपरिणाम घोषणा हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री