कसरी आदिबासी महिलाहरु बढी हिँसा विभेदमा र राज्यको निर्णायक भूमिकामा शून्य छन् ?
झ्वाट्ट सुन्दा त जातीय जस्तो बास्ना चले पनि यथार्थ र तथ्यांकको धेरै आधारहरु छन्
जम्मा नेपाली महिलाहरु ५०.४ % मध्ये ३७.५% आदिबासी महिलाहरुलाई राज्यले विभेद गरेका कारणहरु छन्
अध्ययन र डाटा अनुसार शैक्षिक सरकारी तहमा ब्राह्मण, छेत्री महिलाहरु ८१% छन् भने आदिबासी महिलाहरु ९% मात्र छन्
निर्णायक र नीति निर्माण तहमा ब्राह्मण, छेत्री, ठकुरी, शाह, यादव महिलाहरु ६२.३% छन् भने आदिबासी महिलाहरु १३% मात्र छन्
आदिबासी महिलाहरुलाई समाज र राज्यको सबै तहमा असमानता हुँदै राजनीति र सत्ताको मुख्य पदमा सहभागिता शुन्य छ
अझै आफ्नै आदिबासीजन्य सामाजिक संस्थाहरुमा पनि पितृसत्तात्मक चिन्तन र अशिक्षाको कारण महिलालाई कमजोर ठान्दै मुख्य भूमिका दिनु नसकेको रिपोर्ट छ
अति दुखलाग्दो तथ्यांक त मानव बेचबिखनमा भने आदिवासी महिलाहरु बढी पीडित छन्
जस्तै मधेसी महिला ९%, दलित महिला १७%, ब्राह्मण छेत्री महिला २३.५% अनि आदिवासी महिलाहरु ४९.४% प्रतिशत
सामाजिक हिंसाको शिकार, मनोरन्जनको साधन सस्तो ज्यालामा बाँच्नु बाध्य आदिबासी युवती र महिलाहरु
मानव तस्करीहरुले माया, मोह, प्रलोभन र झुटो विवाह्को बहानामा विदेश फस्ने पनि धेरै आदिबासी महिलाहरु
अपराधीहरुबाट वैदेशिक रोजगारको नाममा बेचिएका तथ्याङ्क जम्मा आदिवासी युवती र महिलाहरु मात्र वर्षमा १७ हजार
मानव तस्करीहरुले पनि लक्षीत गरी गरी फसाउँछन् कारण यिनीहरु हरेक दृष्टिकोणमा कम्जोर र पाएका छैनन् समान शैक्षिक दक्षता र चेतनाको अवसर
यी सीमान्तकृत महिलाहरुलाई मूलधारमा ल्याउन र सशक्तिकरणको निम्ति नीति निर्माणमा समीक्षा र शैक्षिक चेतनामूलक तालिम दिनु पर्दछ।
प्रदेश,केन्द्र सरकार, रास्ट्र र अन्तर्राष्ट्रिय तहमा असमावेशिताको निर्मूल गर्ने योजना ल्याई सबैको समान सहभागिता र अपनत्व बनाउनु पर्दछ ।
संविधानले दिएको ३३ % महिलाको स्थानमा आदिबासी, मधेसी, मुस्लिम र अल्पसंख्यक महिलाको संख्या र पहिचानको आधारमा समावेश गरिनु पर्दछ ।
हामी आदिबासी महिलाहरु पनि साँस्कृतिक मनोरन्जन च्याब्रुङ, साकेला, कौरा, सेलो, दोहोरीमा रमाए जस्तै हाम्रो सहभागी शून्य भएको क्षेत्रमा सहभागी हुनु सक्ने चेतना र क्षमताको विकाश गरौँ
जस्तै कालाजातिको आन्दोलनमा सेताले साथ र गोर्खा आन्दोलनमा बेलायती नागरिकले साथ दिए जस्तै यो असमानता हटाउन आम नेपालीको चिन्तनमा आउनु सकोस्
प्रत्येक ब्यक्ति, घर समाज, राज्य सत्ता र राजनीतिज्ञहरु सबैको मन मस्तिस्कबाट ‘मल्टीकल्चरल’, ‘डाइभरसिटी’ र ‘इन्टरसेक्सनलिटी’ चिन्तन गरौं
अनि पुस्तान्तरमा आदिवासी महिला भूमिका नारा सफल हुनुको साथै सयौँ थुङ्गा फूलको एउटै माला हामी नेपाली सार्थक बनौँ